७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार किरण केसीको गीत सार्वजनिक



अ+ अ-

काठमाडौँ । ‘रात मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसीले अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय हुनुहुन्छ । पछिल्लो समय साङ्गीतिक भिडिओमा मोडलको रूपमा प्रस्तुत भइरहनुभएका केसीले एकसाथ तीन गीत तयार गर्नुभएको छ ।

उहाँले नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको ‘होला होला भन्दै’मा गायनसँगै अभिनय पनि गर्नुभएको छ । यस्तै ‘ए रात’ बोलको गीतमा उहाँको अभिनय मात्र छ । नेपाल भाषाको गीत इन्टरनेटमा सार्वजनिक भए पनि बाँकी गीत क्रमश: सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

“गीतको अडियो तयार भएको लामो समयपछि भिडिओ बनेको हो । मैले सक्दो मेहनत गरेर गीत तयार गरेको छु”, हास्यकलाकार केसीले भन्नुभयो, “गायन मेरो प्राथमिकतामा पर्छ । मेरो रूचिलाई बुझेर मलाई धेरैले गीत उपहार दिनुभएको छ । त्यो मेरो लागि अमूल्य उपहार हो ।” उहाँले नेपाल भाषाको गीत गाउँदा केही कठिनाइ भए पनि मेहनतले सम्भव भएको प्रतिक्रिया दिनुभयो ।

हास्यकलाकार केसीले अभिनय यात्रा नै मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टेलिचलचित्रमार्फत सुरु गर्नुभएको थियो ।

‘छन्त खं सँ’ र ‘होला होला भन्दै’मा शब्द र सङ्गीत मदनकृष्ण श्रेष्ठले दिनुभएको छ । “किरणले अभिनय गर्ने, गाउने, लेख्ने लगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिरहनु भएको छ । उहाँको सक्रियताले मलाई ऊर्जा प्राप्त हुन्छ”, हास्यकलाकार श्रेष्ठले भन्नुभयो ।

कलाकार हरिवंश आचार्यले गीत हेरेपछि गायनमा रहर मात्र नभइ मेहनत नै देखिएको बताउनुभयो । “कुनै पनि विधा सजिलो हुँदैन । गायनमा झनै अभ्यास चाहिन्छ । किरणजीले आफूलाई यो लायक बनाउन निकै मेहनत गर्नुभएको छ । म उहाँसँग सुरुवाती समयदेखि नै सहकार्य गरिरहेको छु”, हास्यकलाकार आचार्यले भन्नुभयो । हास्यकलाकार केसीका अनुसार दोस्रो गीत जेठ १५ र तेस्रो गीत असार १५ मा सार्वजनिक हुनेछ । रासस