२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचेतक बर्तौला अस्पताल भर्ना



अ+ अ-

हेटौँडा । नेकपा (एमाले)का सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा भर्ना गरिएको हो ।

शुक्रवार अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव आशिष अस्लामी मगरले जानकारी दिए । बर्तौलालाई २८ गते रातिबाट एक्कासि ज्वरो आएको थियो र ज्वरो नघट्ने देखेपछि २९ गते साँझ हेटौँडा अस्पतालमा पुर्‍याइएको थियो ।

बर्तौलालाई घाँटीको टन्सिल र कमजोरीका कारण ज्वरो आएको अस्पताल प्रशासनले जनाएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ का सांसद बर्तौला केही दिनदेखि गृह जिल्ला मकवानपुरको विभिन्न कार्यक्रमहरूमा सहभागी भएका थिए ।