२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार बैठक: संसदीय समितिको नेतृत्व टुङ्ग्याउने सहमति



अ+ अ-

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरुबीचको बैठकमा संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउने विषयमा सहमति भएको छ।

नेकपा -माओवादी केन्द्र_ का मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार छलफल सकारात्मक छलफल भएको र संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भएको छ ।

उहाँले संसद्का विषयगत समितिहरू गठन गर्ने विषयलाई टुंग्याउने समझदारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। संसदीय सहमतिको नेतृत्व टुंग्याउने विषयमा एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ ।”

मुख्य सचेतक पाण्डेका अनुसार सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक तथा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।