५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार बैठक: संसदीय समितिको नेतृत्व टुङ्ग्याउने सहमति



अ+ अ-

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरुबीचको बैठकमा संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउने विषयमा सहमति भएको छ।

नेकपा -माओवादी केन्द्र_ का मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार छलफल सकारात्मक छलफल भएको र संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भएको छ ।

उहाँले संसद्का विषयगत समितिहरू गठन गर्ने विषयलाई टुंग्याउने समझदारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। संसदीय सहमतिको नेतृत्व टुंग्याउने विषयमा एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ ।”

मुख्य सचेतक पाण्डेका अनुसार सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक तथा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।