२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थीको गुनासो – प्रमाणीकरण रोकिएपछि भविष्य अनिश्चित



अ+ अ-

सबै आफन्त र छरछिमेकी तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनुभएका ५४ वर्षीय नन्दलाल तामाङ र उहाँको परिवार भने अनिश्चित भविष्य रहेको भन्दै चिन्तामा हुनुहुन्छ ।

भुटानी शरणार्थी शिविरमा उहाँले ३१ वर्ष बिताउनुभएको छ । शिविर नजिकै जङ्गलमा आएको हात्तीले आक्रमण गर्दा घाइते हुनुभएका उहाँको हातको एउटा पाखुरा अहिले पनि राम्रोसँग चल्दैन । विवाह दर्ताका लागि आवश्यक पैसा व्यवस्थापन गर्न नसक्दा पुनर्बास हुन नपाएको उहाँको गुनासो छ ।

वर्षौदेखि भुटानी शरणार्थी शिविरमा रहेका शरणार्थीहरूलाई शिविरबाहिर आउजाउ गर्न रोकतोक नभएका कारण उहाँको विवाह शिविरबाहिर शरणार्थी प्रभावित क्षेत्रकी महिलासँग भएको थियो । आफू विवाह दर्ताका लागि भनेर सदरमुकाम चन्द्रगढीस्थित भुटानी शरणार्थी समन्वय एकाइमा बारम्बार गएको तर विभिन्न बहानामा विवाह दर्ता नै नभएको उहाँको भनाइ छ । ‘त्यहाँ पनि पैसा मागे तर दिन सकिएन’, उहाँले भन्नुभयो ।

कार्यालयभित्रकै कर्मचारी र बाहिरका व्यक्तिले समेत पैसा मागेको उहाँले बताउनुभयो । ‘बाहिरका व्यक्तिले सात/आठ हजार रुपैयाँ मागे, कार्यालयभित्रका व्यक्तिले १६ हजार रुपैयाँ मागे’, उहाँले भन्नुभयो, ‘मसँग त्यति पैसा नै थिएन ।’

विवाह दर्ता नभएपछि शरणार्थी प्रमाणीकरण नै नभएका कारण पुनर्बास हुन नपाएको उहाँको गुनासो छ । ‘शिविरमा कहिल्यै नटेकेकाहरू शरणार्थी बनेर जान मिल्ने रहेछ तर हामी सक्कली भुटानी शरणार्थीलाई भने लैजान नमिल्ने सुन्दा मन पिरोलिएको छ’, उहाँले भन्नुभयो, ‘शरणार्थी भएको सबै प्रमाण जहिले पनि दिएका छौँ र दिन्छौँ ।’

शिविरमा रहनुभएका ६२ वर्षीय खगेन्द्र भण्डारीको पनि पीडा उस्तै छ । उहाँले विवाह दर्ताका लागि आवश्यक प्रमाण जुटाउँदाजुटाउँदै प्रमाणीकरण टोली उठेको र अहिलेसम्म पुनः प्रमाणीकरण नभएको बताउनुभयो ।

‘मैले पनि शिविरबाहिरका महिलासँग विवाह गरेको थिएँ तर विवाह दर्तामा विभिन्न बहाना बनाएर रोकियो’, उहाँले भन्नुभयो । गैरभुटानीका लागि सबै प्रमाण नक्कली बनाउँदा हुने रहेछ तर हाम्रा लागि सक्कली प्रमाणले पनि काम दिएन, उहाँले दुःखेसो पोख्नुभयो । भण्डारीले भारतीय महिलासँग विवाह गर्नुभएको छ ।

वर्षाैदेखि शिविरमा बसेको र शिविरमा बसेको रेकर्डहरू हेर्दा पर्याप्त प्रमाण पनि भेटिन्छ तर कतै कुनै सुनवाइ नै नभएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विभिन्न कारणले प्रमाणीकरणमा छुटेका गरी हाल शिविरमा छ हजार ३६५ शरणार्थी छन् । शिविरमा रहँदा विवाह गरेका तर विवाह दर्ता नभएकाहरूको सङ्ख्या पनि धेरै रहेको जनाइएको छ । आफन्तहरू तेस्रो देश पुनर्बास भइसके पनि आफूहरू शिविरमै अलपत्र रहेकोमा उहाँहरू चिन्तित हुनुहुन्छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।




भर्खरै