• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

नेपालमा चाँडै अमेरिकी सेना आउँदैछः दुर्गा प्रसाईं



file photo

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको बताउनुभएको छ ।

शनिवार काठमाडौंको परिस डाँडामा पत्रकार सम्मेलन गरी उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले यहाँका नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा लुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरुको नाममा ट्रान्सफर गर्ने गरेको बताउनु भयो ।

उहाँले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डाइमार्फत वैधानिक रुपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिर गर्नुभयो । उहाँले अहिलेसम्म नेताहरुले देशबाट ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएको पाइएको बताउनु भयो । उहाँले नेपालका राजनीतिज्ञ भन्दा आफू सयक कदम अगाडि रहेको भन्दै आफूले संघीयता ठिक छैन भनेको कुरालाई अहिले नेकपा एमालेले पनि प्रश्न उठाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ । लिगल्ली रुपमा पेमेण्ट भएको छ, बैंकहरुले हुण्डीमार्फत पठाएको छ । एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा पेमेण्ट भएको छ । ग्ल्याक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ । ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ ।मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने । दुर्गा प्रसाईं सय कमद अघि रहेछ नि त यी राजनीतिज्ञ भन्दा यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन् ।’

व्यवसायी प्रसाईंले जनताले नेताहरुलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताउनु भयो ।