११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

नक्कली शरणार्थी प्रकरण: इपिसेन्टर काठमाडौँ र अमेरिकामा पराकम्पहरु

नक्कली शरणार्थी प्रकरण: इपिसेन्टर काठमाडौँ र अमेरिकामा पराकम्पहरु
अ अ+ अ-

अमेरिका । युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेलले केही दिनअघि सामाजिक सञ्जालमा एक स्टाटस राख्नुभयो, “टेक्सास, आज मलाई एचईबीको एक कार्यक्रममा दुई जना अमेरिकनले सोध्नुभयो, ‘टीका– मलाई लाग्छ तपाईं नेपालबाट हुनुहुन्छ। के तपाईं ठिक हुनुहुन्छ ? तपाईं कुन बाटोबाट अमेरिका आउनुभयो ? यदि म गलत छैन भने तपाईं कतै कृत्रिम भुटानी शरणार्थी भएर आएको त हुनुहुन्न ?’”

अमेरिकाको एक राज्य टेक्ससको स्थानीय तहका जनप्रतिनिधि समेत रहनुभएका पौडल सहकर्मीहरुको यो प्रश्नले जति मर्माहत हुनुभयो त्योभन्दा बढी जन्मभूमि नेपालको अन्तर्राष्ट्रिय छविमा आएका आँचले बढी दुखेको अनूभूति गर्नुभयो ।

अमेरिकामै न्यूजपोलारसँग उहाँले भन्नुभयो, “गैरभुटानी नागरिकलाई नक्कली शरणार्थीको रुपमा अमेरिका पठाउने कार्य ठूलो अपराध हो, यसले अन्तर्राष्ट्रियरुपमा नेपालको छवि त बिग्रियो बिग्रियो, आप्रवासीहरुका बारेमा पनि शंका गर्ने ठाउँ सृजना भयो ।”

उहाँका अनुसार यो प्रकरण अमेरिकाका तल्लो र माथील्लो दुबै सदनमा छलफलको विषय बिषय बन्छ जस्तो लाग्छ । अब यो र यस्ता प्रश्नहरुको सामना सिटी काउन्सीलको छलफलहरुमा पनि सामाना गर्नुपर्ने छ ।

ह्युस्टनमा रहनुभएका सञ्चारकर्मी तारा बरालले न्युजपोलारसँग भन्नुभयो, “नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो देशको मान मर्दन भैसक्दा पनि नेपाली कांग्रेस भने आत्मरतिमा मग्न देखिन्छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण यो प्रकरणमा आरोपित भएर पक्राउ पर्दा पनि उनको केन्द्रीय सदस्य पद यथावत छ । यस्तो अवस्थामा कुनै राम्रो कामको अपेक्षा कसरी गर्नु ?”

यसैगरी अर्का पत्रकार बिटु केसीले भन्नुभयो, “यो प्रश्नको सामना अब हामीले अमेरिकन साथी, सहकर्मी र छिमेकीहरुसँग गर्नुपर्ने अवस्था उत्पन्न भयो ।”

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका व्यक्तिहरु पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै यस कार्यमा संलग्नहरुले विभिन्न व्यक्तिसँग १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेका थिए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ, मोरङका सागर राईलगायतलाई पक्राउ गरेपछि यो प्रकरण छताछुल्ल भएको थियो ।

उनीहरुले एमालेका नेता रामबहादुर थापा ‘बादल’ र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने कार्य गरेको खुलेको थियो ।

अमेरिका पठाइदिने नाममा आफूहरूसँग २० देखि ५० लाख रूपैयाँसम्म उठाएर ठगी गरिएको भन्दै एक वर्षअघि नै ८१ जनाले प्रहरीमा उजुरी दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाइ प्रोफाइल नै जोडिएपछिको विषय राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चासोका साथ हेरिएको छ ।