११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

जेठमा पाँच नेपाली चलचित्र प्रदर्शन हुने

जेठमा पाँच नेपाली चलचित्र प्रदर्शन हुने
अ अ+ अ-

काठमाडौँ । वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ । जेठ ५ गते ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन हुँदैछ भने जेठ १२ गते ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ प्रदर्शन गरिने घोषणा गरिएको छ भने २६ गते ‘नीरफुल’ प्रदर्शन गरिने घोषणा गरिएको छ ।

निर्देशक रामराघव आचार्यले आफूहरूले प्रदर्शनको मिति घोषणा गर्दा अन्य कुनै चलचित्र नरहेको जानकारी दिनुभयो । “हामी खाली मितिमा प्रदर्शन हुन् आएका हौँ । हाम्रो चलचित्र अन्य बनिरहेका भन्दा फरक छ”, उहाँले भन्नुभयो । प्रेमकथानक चलचित्रमा सुशील पोखरेल, स्व जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा वीना कार्की र सन्तोषकुमार राईले सो चलचित्र निर्माण गर्नुभएको हो ।

अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ पनि सोही मितिमा प्रदर्शनका लागि तय भएको छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का गतिविधि सुनिने दन्त्यकथामै आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । यस चलचित्रले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहनुभएको उक्त चलचित्रमा साठी प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको चलचित्र छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतले अभिनय गर्नुभएको छ ।

नेपाल प्रदर्शनको तयारी गरिरहनुभएका निर्माता रवीन्द्र सिंह बानियाँले नेपालमा सिमित चलचित्रभवनमा मात्र प्रदर्शन गरिने जानकारी दिनुभयो । “गुरु आउनुभएको समय पारेर काठमाडौँमा मात्र प्रदर्शन गर्दैछौँ । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ । यसले अन्य चलचित्रलाई फरक पार्छ भन्ने लाग्दैन”, उहाँले भन्नुभयो ।

जेठ १२ मा प्रदर्शन हुने चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ सामाजिक विषयमा निर्माण भएको बताइएको छ । शम्भु थापाको निर्देशन रहेको उक्त चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

सोही मितिमा प्रदर्शन हुने भनिएको चलचित्र ‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित छ । देव थापाको निर्देशन रहेको उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन स्थगित गरिएको चलचित्र ‘नीरफुल’को प्रदर्शन मिति जेठ २६ गतेलाई तय गरिएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रलाई फूलमान वलले निर्देशन गर्नुभएको हो ।

“नीरफुलले भत्किएका मन र सम्बन्धको पुनर्निमाणको कथा भन्छ”, निर्देशक वलले भन्नुभयो । रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीको अभिनय रहेको छ ।

दुई सातामा चलचित्रको भीड देखिए तापनि अन्य साता भने खालीझैँ छन् । यसको कारण चलचित्र कम हुनु र विदेशी चलचित्रको प्रदर्शनका लागि सयम तोकिएकाले यस्तो भएको हुन सक्ने वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।

“ठूला विदेशी चलचित्रले गर्दा पनि जेठको तेस्रो र चौथो साता अन्य चलचित्रले प्रदर्शन घोषणा गरेका थिएनन् । अहिलेसम्म पनि अन्य चलचित्रबारे जानकारी छैन । बाँकी हप्ता खाली देखिनुमा निर्माण नै कम हुनु पनि हो”, वितरक श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार जेठ २६ पछि असार १५ मा ‘परस्त्री’ प्रदर्शन हुने घोषणा भएको छ । रासस