११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न मन्त्री श्रेष्ठको निर्देशन

विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न मन्त्री श्रेष्ठको निर्देशन
file
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न निर्देशन दिनुभएको छ ।

शुक्रवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिनुभएको हो ।

उहाँले पूर्वतयारीमा यथास्थितिवादी सोच र व्यवहार भएको भन्ने टिप्पणी आउने गरेको भन्दै उहाँले आगामी दिनमा कुनैपनि कमी हुन दिनु नहुने बताउनु भयो । उहाँले असावधानिका कारण, अकर्मण्यताका कारण वा निर्णय कार्यान्वयन गर्न नसकेका कारण पुरानै अवस्था दोहोरिएको आफूले सुन्न र हेर्न नपरोस् भनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘सधैँ हाम्रो यथास्थितिवादी सोच र व्यवहार भयो भनेर टिप्पणी आउने गरेको छ । यद्यपी हामीले कानून, संरचनामा केही परिवर्तनहरु गरेका छौँ । तर त्यसले सकारात्मक दिशातिर अगाडी बढाएको छ । तरपनि पूर्वतयारीको कुरामा कमी भयो भन्ने कुरालाई गहिरो आत्मसात् गर्नु जरुरी छ । तयारीलाई व्यवस्थित ढंगले, प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने आवश्यकता छ ।

त्यसमा सम्बन्धित प्राधिकरण र सम्बन्धित अरु सबै निकायहरुले पनि राम्रोसँग ध्यान दिन म विशेष अनुरोध गर्न चाहन्छु । फेरि गर्नसक्ने तयारी पनि हाम्रो असावधानिका कारणले, समयमा निर्णय नगरेर अकर्मण्य बस्नाका कारणले वा निर्णयहरुलाई ठिक ढंगले कार्यान्वयन गर्ने प्रक्रियामा नलगेको कारणले उस्तै हो फेरि भन्नेकुरा हेर्न, सुन्न नपरोस् । म यसमा विशेष जोड दिन चाहन्छु ।’

सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले डोटी, बाजुरा, लमजुङ, खोटाङ र भोजपुर केन्द्रबिन्दु भइ भूकम्पबाट क्षतिग्रस्त घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै आसन्न मनसुन पूर्वतयारी तथा प्रतिकार्यको ठोस कार्ययोजना आगामी बैठकमा बनाउने पनि निर्णय भएको छ ।

बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हिउँदमा शितलहर तथा वर्षा याममा बाढी, पहिरो आउने कुरा निश्चितजस्तै भएकाले विपद्का लागि प्रभावकारी पूर्वतयारी हुनुपर्ने बताउनु भयो । उहाँले नेपालको मौसम पूर्वानुमानको विषय पनि विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् जोखिमको नाममा आर्थिक अनियमितता नगर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो – ‘कर्मचारी साथीहरु जो कयौँ अनियमितताको कुरा जोडिन्छ । यि कुरामा सचेत हुनुपर्छ । जोखिमको नाममा दिने अनि यता दायाँबायाँ गर्ने बाहिर नआओस् ।’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगलागि नियन्त्रणका लागि दह्रो कदम चाल्न आवश्यक रहेको बताउनु भयो । उहाँले वन, जङ्गलमा आगो लगाउनेहरुलाई कडा कारबाही गर्ने कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘वनमा आगलागीको असर धेरै ठूलो देखिएको हुनाले यसलाई हामीले कुनै एउटा कानून, नियम नै बनाएर अलि कडा कारबाही गर्ने हिसावले जानुपर्ने हो कि ? सामान्य कारबाही त अहिले भएकै विद्यमान कानूनहरुमै छन् । वन उपभोक्ता समितिले आगलागीका कुरा हेर्नुपर्ने यदी बेलाबखत यो हेरिएन भने उनीहरुको अधिकार कटौति गर्छौं भन्नेकुरा सरकारले गर्ने भन्ने भयो वन उपभोक्ता समिति ५० प्रतिशत यसलाई रेखदेख गर्न तयार हुन्छ । एउटा हेरालु उसले राख्न पनि सक्छ ।’

उहाँले वन संरक्षणको जिम्मेवारी उपभोक्ता समितिहरुलाई दिइनुपर्ने र समितिले संरक्षणमा ध्यान नदिएमा उनीहरुको अधिकार कटौति गर्नुपर्ने बताउनु भयो ।