२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटी बैठकमा समूहगत छलफल, साढे २ बजे पत्रकार सम्मेलन हुने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को केन्दिय कमिटी बैठकमा समूहगत छलफल सुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी केन्दिय कमिटी बैठकमा बिहीबार (हिजो)अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन, विभिन्न आयोगका प्रतिवेदन र गैरभौगोलिकसहित नौं वटा प्रदेश कमिटीहरुका अध्यक्षहरुले प्रस्तुत गर्नु भएको मिसन ग्रासरुट अभियानसम्बन्धि प्रतिवेदनबारे ८ वटा समूह बनाएर छलफल सुरु गरिएको हो । बिहान ८ बजेबाट सुरु भएको छलफललगत्तै प्रदेश अध्यक्षहरुलाई सुझाव प्रस्तुतका लागि १० मिनेटको समय दिइएको छ ।

प्रदेश कमिटीका अध्यक्षहरुले दिएको सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले समूहगत छलफलबाट प्राप्त सुझावको आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ । यसैबीच, एमालेले आजै अपरान्ह साढे २ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ ।

एमालेको जारी केन्द्रिय कमिटी बैठक शनिबार (भोली) समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ । त्यसपछि अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन हुनेछ ।

 




भर्खरै