७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर रायमाझी सम्पर्कमा छैनन् – एमाले



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको बताएको छ ।

आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकपछि एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सम्पर्कविहीन भएपछि पार्टीले निलम्बन गरेको प्रस्ट पारे ।

उनले भने, ‘उहाँ जुन दिनदेखि सम्पर्कमा रहनुभएन, त्यस दिनदेखि हामीलाई उहाँबारे थाहा छैन । प्रहरीलाई थाहा भएको भए समातेर ल्याउँथ्यो होला ।’

अनुसन्धानमा सघाउन पार्टीले निर्देशन दिइसकेको भएपनि अहिलेसम्म कुनै सम्पर्कमा नआएको गुरुङको दाबी छ ।

उनले भने, ‘हामीमा निलम्बन फुकुवा गर्न पाइयोस् विश्वास र आशा छ । तर, उहाँ आजसम्म सम्पर्कमा आउनुभएको छैन ।’