२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको बैठकअघि प्रधानमन्त्रीलाई भेटेर फर्किए देउवा



file
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता एवं आफ्नै नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाणको गिरफ्तारीपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब बढेको छ ।

खाणलाई पार्टीले तत्काल कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका बेला निर्णय गर्न देउवामाथि दबाब बढेको हो ।

यसैबीच देउवाले पार्टीको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फर्किएका छन् । दाहाललाई भेट्न देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । देउवा र दाहालबीच करिब एक घण्टा वान टु वान वार्ता भएको बताइएको छ ।

खाण प्रकरणमा बुधबार साँझको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल निलम्बन गर्नुपर्ने माग राखेका थिए । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक धुम्बाराहीस्थित देउवाको निवासमा केहीबेरमै बस्दै छ ।