२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले मागे बजेट निर्माण अघि सुझाव



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव सङ्कलन संयन्त्र प्रयोगमा ल्याएको छ ।

उक्त संयन्त्रको प्रयोग अनलाइनमार्फत गर्न सकिने छ । कामपाको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नु पर्ला रु बजेटमा कस्तो किसिमको व्यवस्था गर्नुपर्ला ? लगायत विषयक छनोट गरिएको कामपाका सूचना अघिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

नागरिकको परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाको विवरण जेठ ९ गतेभित्र पठाइसक्नु पर्ने आचार्यको भनाइ छ । सुझाव [email protected] मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिनेछ ।

कामपाले तोकेको विषयमा सुझाव दिनका लागि http//esuggestions.kathmandu.gov.np ठेगानाबाट सुझावसम्बन्धी जानकारी दिने पेजमा पुगिन्छ । यो पेजमा कार्यक्रमसम्बन्धी सामान्य जानकारी, सुझाव पृष्ठमा जाने बटम छ । पेजमा राखिएका विभिन्न शीर्षकमा कति वटा सुझाव प्राप्त भए भन्ने विवरण यही पृष्ठमा हेर्न सकिन्छ ।

कार्यक्रम (बजेट) मा सुझाव दिनुहोस् र नीति निर्माणमा सुझाव दिनुहोस् गरी दुई वटा बटम छन् । यी बटममा छानेर आफूलाई इच्छा भएको शीर्षकमा सुझाव दिन सकिन्छ । त्यहाँ भएका सबै वा आफूलाई आवश्यक भएको शीर्षकमा सुझाव दिन सकिनेछ ।

सुझावका लागि कामपाले भौतिक पूर्वाधार (सडक/ढललगायत पूर्वाधार) मर्मत, सम्भार तथा पुनःनिर्माण, यातायात तथा सहरी गतिशीलतासँग सम्बन्धित योजना, शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य प्रवर्द्धन केन्द्र र आधारभूत स्वास्थ्य सेवा तथा बीमा भवन निर्माण र इजाजत, फोहरमैला व्यवस्थापन सङ्कलन, ढुवानीलगायतको विषय छनोटका लागि राखिएको छ ।

त्यसैगरी पुनःनिर्माण, विद्युतीय शासन प्रणाली, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति विशेष कार्यक्रम, सहकारी दर्ता, नवीकरण तथा नियमन, कानून तथा मानवअधिकारअन्तर्गत न्यायिक प्रणाली, कृषि तथा पशु बजार व्यवस्थापनलगायत छन ।

बधशाला, चिस्यान गृह भण्डारण, विपद् पूर्वतयारी, आपत्कालीन सेवा, चमती मनोहरा जग्गा एकीकरण आयोजना, राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सम्बन्ध र आपसी सहयोगजस्ता विषय रहेका छन् ।