२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष बैठक संसद सञ्चालनमा केन्द्रित छ, पछिल्ला प्रकरणबारे होइन– प्रधानमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष तीन दलका नेताबीचको छलफल संसद सन्चालन सन्दर्भमा केन्द्रित रहेको बताएका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि सिंहदरवारबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले पछिल्ला भेटघाटबारे भ्रम फैलिएको भन्दै ती भेट संसद सन्चालन सन्दर्भमा केन्द्रित रहेको दाबि गरे ।

प्रधानमन्त्रीले भेटमा संसद संचालन,संयुक्त र विषयगत संसदीय समिति गठन लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रतिक्रिया दिए । ‘मिडियाहरुमा आएजस्तो पछिल्ला प्रकरणमा यो छलफल भएको होइन । सदनलाई कसरी सुचारु ग्र्ने,समितिहरु ग्ठन गर्ने विषयमा बढी छलफल भइरहेको छ । जहाँसम्म यो पछिल्लो घटनाबारे छ,दोषी कोही नउम्कियोस र निर्दोष कोही नपरोस् भन्नेमा हामी एकमत छौं’, प्रधानमन्त्रीले भने ।