२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारा एयरको जहाज दुर्घटनामा प्राविधिक र मानवीय त्रुटी



अ+ अ-

काठमाडौँ । गत वर्ष जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ नजिकैको सानुसरे भिरमा भएको तारा एयरको नाइन एन एइटी विमान दुर्घटनामा मानवीय त्रुटी र जहाजमा समेत प्राविधिक समस्या रहेको भेभिएको छ ।

चाल दलसहित २२ जानको मृत्यु भएको उक्त दुर्घटनामा यसअघि खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो । जहाज दुर्घटनाको अनुसन्धान सम्पन्न गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सोमबार बुझाइएको प्रतिवेदनले जहाजमा अगाडिको पहाड र त्यसको सम्भावित जोखिमबारे जानकारी दिने टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम नै बिग्रिएकाले बन्द अवस्थामा रहेको देखाएको हो ।

आयोगका अध्यक्ष वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनले जहाजका चालक अनुभवी रहे पनि खराब मौसममा जहाजको महत्वपूर्ण उपकरण बिग्रेको हुनु, जहाज जमिनबाट कति दूरीमा छ भन्ने थाहा नहुँदा बादलभित्र उडाउन, जहाजको तौल तोकिएभन्दा बढी हुनु, नागरिक उड्डयनले तोकेको मापदण्डबाहिर गएर उडान भर्नुलगायतका कारण जहाज दुर्घटनामा भएको प्रतिवेदनमा समेटिउको छ । यो समाचा आजको गोरखापत्रमा छ ।