५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेसी



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार फुटबर लियोनल मेसी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लब ‘अल हिलाल’सँग उनले मौखिक सहमति गरिसकेका छन् ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका ३५ वर्षीय मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता सकाएर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड खर्चिन लागेको डेलिमेलले जनाएको छ । यद्यपि, मेसीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् ।

मेसीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो रकमहो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लब अल–नासरले वार्षिक २१ करोड ५० लाख डलरमा क्लबमा भित्र्याएको थियो । मेसीले पाउन लागेको रकम रोनाल्डोको भन्दा निकै धेरै र । अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लबका रुपमा परिचित छन् ।

तसर्थ मेसीको साउदी यात्राले फुटबल मैदानमा दुई हस्तिहरुको प्रतिस्पर्धात्मक भिडन्त फेरि देख्न पाइनेछ । यसअघि दुई लिजेण्ड खेलाडीको भिडन्तलाई स्पेनिस जाइन्ट्स बार्सिलोना र रियल मड्रिडमार्फत देखिएको थियो ।

पीएसजीसँग मेसीको सम्झौता यही समरको ३० जुनसम्म छ ।