५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोफ्रा आर्चर आईपीएलबाट बाहिर, उनको स्थानमा कसलाई भित्र्याउँदै छ मुम्बई ?



अ+ अ-

एजेन्सी । मुम्बई इन्डियन्सका फास्ट बलर जोफ्रा आर्चर आईपीएलका बाँकी खेलबाट बाहिरिएका छन् । मुम्बई इन्डियन्सले इङ्ल्यान्ड क्रिकेट टोलीका डेथ ओभर स्पेसियलिस्ट क्रिस जोर्डनलाई उनको स्थानमा अनुबन्ध गरेको छ । जोफ्रा आफ्नो देश इंग्ल्याण्ड जानेछन् ।

यस सिजनमा मुम्बईका १० खेलमध्ये उनले ५ खेल मात्र खेले । सन् २०२२ मा भएको मेगा अक्सनमा उनलाई मुम्बई इन्डियन्सले ८ करोडमा किनेको थियो । जोफ्राले २०२२ मा एक खेल पनि खेल्न सकेनन् ।

आईपीएलको कुरा गर्ने हो भने यस प्रतियोगिताबाट अहिलेसम्म १७ खेलाडी बाहिरिएका छन् । जसमा मुम्बई इन्डियन्सका जसप्रित बुमराह, गुजरात टाइटन्सका केन विलियम्सन र कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यर, लखनऊ जाइन्ट्सका कप्तान केएल राहुल जस्ता ठूला नामहरू छन् ।

क्रिस जोर्डन आइपीएलको १६ औं सिजनको मिनी लिलामीमा अनसोल्ड रहेका थिए । उनलाई आर्चरको स्थानमा मुम्बई इन्डियन्सले २ करोडमा समावेश गरेको छ । जोर्डनले २०१६ मा आईपीएल डेब्यू गरेका थिए । उनले २८ आईपीएल खेलमा २७ विकेट लिएका छन् । फास्ट बलर जोर्डनले इंग्ल्याण्डको प्रतिनिधित्व गर्दै ८७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९६ विकेट लिएका छन् ।