८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

हाम्रो राजनीति/राज्य व्यवस्था नेताद्धारा नेताका निम्ति, दलद्धारा दलका निम्ति भइरहेको छः पूर्वराजा

हाम्रो राजनीति/राज्य व्यवस्था नेताद्धारा नेताका निम्ति, दलद्धारा दलका निम्ति भइरहेको छः पूर्वराजा
अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हाम्रो नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने भएपनि राजनीति तथा हाम्रो राज्य व्यवस्था नेताद्धारा नेताका निम्ति — दलद्धारा दलका निम्ति भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

पूर्वराजा शाहले बुधबार नेपालगञ्जमा सम्बोधन गर्दै राष्ट्रको पुरानो गौरव फर्काउन उठ्नका लागि सबैसँग आह्वान गर्नुभएको हो । नेपालीले अब आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले यसका निम्ति सबै तहका नागरिकहरुले जुट्नुपर्ने बताउनुभयो ।

आफ्नो नारा जहिले पनि देश बनाउँ— देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ भन्ने रहेको पनि बताउनुभयो ।

‘हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो — तर बिडम्बना भन्नुपर्छ — हाम्रो राजनीति तथा हाम्रो राज्यव्यवस्था नेताद्धारा नेताका निम्ति — दलद्धारा दलका निम्ति भइरहेको छ ।,’ उहाँले भन्नुभयो ।

पूर्वराजाको सम्बोधनको पूर्णपाठः

आज नेपालको यो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्वको नेपालगञ्ज नगरमा आएर तपाईहरू सामु दुईचार कुरा बोल्न पाउँदा मलाई खुसी लागेको छ । यो अवसर दिनुहुने आयोजक तथा उपस्थित यस क्षेत्रका जनसमूहप्रति आभार व्यक्त गर्दछु ।

बाँकेको यो नेपालगञ्ज हाम्रो यस क्षेत्रको केन्द्रवर्ती स्थल हो । बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको यो भूभाग परिवन्दले हामीबाट केही समय गुमेपनि कालान्तरमा त्यो हामी भित्रै समाहित भयो । त्यो हाम्रो गौरबको विषय हो । हामी नेपाली, हाम्रो माटो र हाम्रो भूखण्डमा हाम्रो अपनत्व राख्दछौं र त्यसमा गर्व गर्दछौं । यस्तो गौरबको गति हामीले सदा राख्नुपर्दछ  । हाम्रो यही मान्यता हो । नेपालको यो स्थापित पुरानो शहरमा पाहिला टेकेपछि स्वभावत मलाई यहाँ रहेको परम आस्थाको पवित्र मन्दिर बागेश्वरीको याद आयो । अस्ति सोमबार साँझ म देवी भगवती बागेश्वरीको सन्ध्या आरतीमा संलग्न भए । मलाई अन्तरआत्मा देखि नै अपार आनन्दको अनुभूति भयो । त्यहाँ तपाईहरू नेपालगञ्जवासीको समेत उत्साहपूर्ण साथ रहेकोमा मलाई हर्षको पनि अनुभूति भयो ।

आजभन्दा चौसठ्ठी बर्ष अघि यही भूमीमा उभिएर हाम्रा स्वर्गवासी बुबाज्यूले नेपालको तत्कालीन राज्य विधिका बारे–नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन भएको हो । लामो अन्तरालपछि फेरीपनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ – यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ । देश बनाउँ — देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ — हाम्रो भावना धारणा र नारा आज पनि यही छ । नीतिहरू मध्येको सर्वश्रेष्ठ नीति राजनीति हो । तर अहिले पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन सकिरहेको देखिदैन । हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो — तर बिडम्बना भन्नुपर्छ — हाम्रो राजनीति तथा हाम्रो राज्य व्यवस्था नेताद्धारा नेताका निम्ति — दलद्धारा दलका निम्ति भइरहेको छ ।

विक्रम सम्बतको दुई हजार दशको दशक देखि चालीसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण ,उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविश्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रकृयाका कामहरू भए । महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा शहरी विकास – शिक्षा तथा स्वास्थ्य केन्दको स्थापना, मूलुकी ऐन, भूमी सुधार, ग्रामिण उत्थान, नेपाल राष्ट्र बैक, राष्ट्रिय योजना आयोग, त्रिभूवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वबिद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि हुन । सबैसंग मित्रता, सबैसंग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यता देखि लिएर असंलग्न आन्दोलनको सकृय भूमिका र शान्ति क्षेत्रको घोषणा सम्म पनि यसै अवधिमा भएको हो । तर यता आएर – ती पुर्वाधार – ती औद्योगिक आधार – ती सबै खाले चेतना लहरले निश्चित आकार लिन सकेको छैन । भए गरेका संरचना भत्काउँदै जाने, रुपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भतातिर बेतोडले दौडने काम नै अहिले चलिरहेछ । त्यसैले चौसठ्ठी बर्ष पुर्वको चेतनाको त्यो झिल्को – कता कता अहिलेको खाँचो झै झल्किरहेको छ ।

हाम्रो प्रकृति, हाम्रो श्रमशक्ति र हाम्रो बुद्धि गरिब छैन – गरिबी हाम्रो नियती बनेको छ । दुईछाक खान र एक धरो लाउन हामी धेरैलाई धौ धौ छ । हाम्रा विकसित शहरहरू, गाउँहरू आज उजाड छन् । हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधी आज निस्प्रभावी बनेका छन – त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण विदेशीन बाध्य छन् । त्यसै भएर त नेपालगञ्ज जस्तो पूरानो उन्नत आर्थिक केन्द्रस्थलमा उभिएर हामी आजको कटु यर्थाथता देख्न, भोग्न र भन्न बाध्य छौ । अब म भन्छु – अब हामी राष्ट्रको पुरानो गौरब फर्काउनका लागि उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं । यसको निम्ति के पुरुष, के महिला, के आजका जाँगरिलो युवा, के अनुभवि बुढाबुढी सबै अब जुट्नु पर्दछ ।

अन्त्यमा बाँके, बर्दिया, दाङ्ग जस्ता उर्वर भूभाग भएको र सुर्खेत, कालीकोट, जुम्ला, हुम्ला, धनगडी र भैरहवा सम्मको पहुँच केन्द्र रहेको नेपालगंञ्ज ठूलो ब्यापारिक, उत्पादक, वितरक र प्रेरक केन्द्र मानिन्छ – तर पनि जुन रफ्तारमा यसको चौतर्फि प्रभावकारीता हुनु पर्ने हो त्यो भइरहेको छैन । आपस आपसमा मिलेर बस्ने नेपाली समाजको बिशेषतालाई ध्यानमा राखेर यस क्षेत्रको सर्वाङ्गीण विकासमा राज्यले खेल्नु पर्ने भूमिका गहन छ । विभिन्न धर्म, वर्ण र समूह मिलेर हातेमालो गर्दै नेपाली सभ्यताको परिचय थलो नेपालगञ्जको आगामी अवधीमा धेरै प्रकारले फड्को मार्नु पर्ने खाँचो देखिन्छ । नेपालको वृहत्त सम्पदाको उपयोग गरेर यो भेगका सबै अविकसित भूभागको विकास गरेर त्यहाँको विपन्नतालाई हटाउन नेपालगञ्जले अग्रणी स्थान राख्न सक्दछ – त्यसतर्फ कदम बढोस् भन्ने हाम्रो आकाँक्षा हो ।

धन्यवाद ,
जय नेपाल
मिति २०८० साल बैशाख २० गते ,
नेपालगञ्ज