११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

अन्तर्राष्ट्रिय श्रम दिवस : ‘प्राप्त अधिकार संरक्षणका लागि आवाज उठाउँछौँ’

अन्तर्राष्ट्रिय श्रम दिवस : ‘प्राप्त अधिकार संरक्षणका लागि आवाज उठाउँछौँ’
अ अ+ अ-

मुलुकका ट्रेड युनियन नेतृत्वले मजदुरलाई सङ्गठित गर्ने र निर्माण भएका कानुन कार्यान्वयनमा सरकार र रोजगारदाता दुवै अनुदार देखिएको भनी गुनासो गर्नुभएको छ ।

उहाँहरुले नेपाली श्रमिक क्षेत्रले कानुनीरुपमा धेरै उपलब्धि हासिल गरे तापनि व्यवहारिकरुपमा भने झन प्रताडित रहेको प्रतिक्रिया दिनुभयो । नेपाल ट्रेड युनियन कांग्रेका अध्यक्ष पुस्कर आचार्यले शान्तिपूर्ण वार्ता र संवादबाटै मजदुरका हकहितका माग र मुद्दा उठाइए पनि सरकार र रोजगारदाताबाट आवश्यक चासो नदिएको प्रतिक्रिया दिनुभयो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘वार्ता र संवादबाटै सबै समस्या सुल्झिन्छ भन्ने ढङ्गबाट पहल र प्रयत्न गरिएकामा सरकार र रोजगारदाताले बेवास्ता गरेपछि ट्रेड युनियन आन्दोलनको दिशातर्फ उन्मुख हुन बाध्य भएको छ ।’

काम गर्नेमाथि काम लगाउनेको ज्यादतीका विरुद्ध सन् १८८६ मा अमेरिकाको सिकागोमा पहिलो सङ्गठित मजदुर आन्दोलन भएको थियो । त्यस आन्दोलनमाथि भएको चरम दमन स्मरण गर्दै आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको मागसहित सन् १८९० देखि विश्वभर श्रमिक दिवस मनाइँदै आएको छ ।

अध्यक्ष आचार्यले भन्नुभयो, ‘कानुन अनिवार्य लागू गर्नुपर्छ भन्ने भए पनि राज्य स्वयं उदासिनता छ, उद्योगपति मात्र होइन सरकारी कार्यालयले पनि मज्दुरलाई त्यो सुविधा दिएको देखिन्न ।’ अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिम्खडाले लाखौँलाखको सङ्ख्यामा रहेका मजदुरको हकहितको संरक्षणका लागि सामाजिक सुरक्षा र श्रम ऐन ल्याउन सफल भए पनि कार्यान्वयनमा सरकार र रोजगारदाता अझै अनुदार देखिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जति धेरै सामाजिक सुरक्षा त्यतिकै श्रम लचकता भनिए तापनि शोषण, उत्पीडन, सरुवा, निष्कासन र जगेडामा राख्ने प्रवृत्तिले प्राप्त अधिकार गुम्ने हुन् कि भन्ने प्रश्न खडा गरेको छ ।’ नेपालका श्रमिकले समग्रमा सामाजिक सुरक्षालगायतका सेवा सुविधा प्राप्त गर्नुका साटो न्यूनतम पारिश्रमिक नपाएर पिरोलो झेल्नुपरेको ट्रेड युनियनसँग सम्बद्ध नेताको भनाइ छ ।

नेपालमा विसं २००३ मा पहिलो सङ्गठित मजदुर आन्दोलन सुरु भएको थियो । मुलुकको श्रमिक आन्दोलनले श्रमिकको सम्मान, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धि लागि मनाउँदैआएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट)का अध्यक्ष विनोद श्रेष्ठले उपलब्धिका हिसाबले कानुनीरुपमा अहिलेसम्म आउँदा अधिकार प्राप्त भए पनि व्यवहारमा भने कार्यान्वयन नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘लामो समयदेखि उठाउँदै आएको योगदानमा आधारित सामाजिक सुरक्षाको नारा कानुनीरुपमा पूरा भएको छ, श्रम कानुनमा पनि सुधार भएको छ, तर कार्यान्वयनको पाटोबाट हेर्दा अत्यन्तै कमजोर अवस्थामा छ ।’

कानुनी लडाइँ जित्दै गए पनि व्यवहारमा प्राप्त अधिकार पनि खोसिँदै गएको बताउँदै अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रका मजदुरले खाइपाइ आएको सेवा सुविधामा व्यापक कटौती भएको उल्लेख गर्नुभयो । संविधानमै पनि मजदुरका हकलाई मौलिक हकका रुपमा स्थापित गरिएको स्मरण गराउँदै उहाँहरुले मजदुरलाई सेवा सुविधा दिनुपर्छ भनेर स्वास्थ्य, बैंक, विद्यालयलगायतका सङ्घ संस्थामा तालिम र आउट सोर्सिङका नाममा शोषणका नयाँरुप प्रयोग हुन थालेको भनी आलोचना गर्नुभयो ।

सरकार, राजनीतिक दल, समाजले श्रम क्षेत्रलाई हेयको दृष्टिकोणबाट हेर्ने गरेको गुनासो गर्दै उहाँहरुले राजनीतिक अस्थिरताले पनि श्रमिकका मुद्दा ओझेलमा पर्दैआएको उल्लेख गर्नुभयो । ट्रेड युनियनको आन्दोलनले पछिल्लो श्रम ऐनमा एक जना मात्रै मजदुर भएका सङ्घ संस्थाले पनि श्रमिकलाई न्यूनतम तलब, भत्ता उपलब्ध गराउन पर्ने तथा असङ्गठित क्षेत्रका श्रमिक पनि सङ्गठित हुने व्यवस्था गरेको छ ।

ट्रेड युनियनले यस पटकको मजदुर दिवसमा थप अधिकारभन्दा प्राप्त अधिकारको संरक्षणका निम्ति आवाज उठाउने उद्घोष गरेका छन् । देशका ट्रेड युनियनले श्रम र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको विषयलाई प्राथमिकतामा राख्दै श्रमिक विरोधी प्रावधान र समयानुकूल सेवा सुविधाका मद्दालाई जोडदाररुपमा उठाउँदै आएको दाबी गरेका छन् ।

सरकारी कार्यालयमै पनि भइरहेको आउट सोर्सिङ प्रथाले ट्रेड युनिन आन्दोलनलाई चुनौती खडा गरेको हुँदा अहिले त्यो नै सबैभन्दा महत्वपूर्ण मुद्दा भएको उहाँहरुको टिप्पणी छ । सामाजिक सुरक्षाको दायरामा सम्पूर्ण मजदुरलाई ल्याइदिनुपर्नेमा निर्माण क्षेत्र, यातायात, कृषि, पसलजस्ता असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिक अहिले पनि न्यूनतम ज्यालाभन्दा निकै कममा श्रम बेच्न बाध्य रहेको युनियनको भनाइ छ ।

राज्यबाट श्रमिका माग र मुद्दालाई बेवास्ता गरिँदा कूल श्रमिकको १० प्रतिशत मजदुर पनि सङ्गठित हुन नसकेको मजदुर नेताको भनाइ छ । ट्रेड युनियनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी तुल्याउन सकेको खण्डमा मजदुरको जीवनस्तरमा सुधार आउने र राज्यको आर्थिक भारसमेत कमी हुने दाबी गरेको छ ।-रासस
–––