२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक अभिनन्दनका लागि जुम्ला पुग्न नसकेका पूर्वराजाबाट सर्वसाधारण र आयोजकप्रति कृतज्ञता प्रकट



अ+ अ-

काठमाडौँ । जुम्लाको सदरमुकाम खलङ्गामा आज हुने भनिएको पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन प्रतिकूल मौसमका कारण हुन सकेन ।

खराब मौसमका कारणनेपालगञ्जबाट जुम्ला जान नसकेपछि पूर्वराजा शाहले आफू उपस्थित हुन नसके पनि आफ्नो स्वागतका लागि उत्साहपूर्वक उपस्थित भएका सर्वसाधारण र आयोजकप्रति कृतज्ञता प्रकट गर्नुभएको छ ।

पूर्वराजा शाह हाल नेपालगञ्जमा रहनु भएको छ । खराब मौसमका कारण जुम्ला जान नसकेपछि भ्रमण स्थगित भएको पूर्वराजा शाहको सचिवालयले जनाएको छ।

‘दिनभर नेपालगञ्ज र जुम्लाको मौसम प्रतिकूलताका कारण विमान उड्न नसकेकाले बाध्यतावस भ्रमण स्थगित हुन पुगेको छ,’ पूर्वराजा शाहको सचिवालयले जनाएको छ ।