११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रमेश विकल साहित्य प्रतिष्ठानबाट स्थलगत साहित्य लेखन प्रतियागितामा पुरस्कृत विद्यार्थी पुरस्कृत

रमेश विकल साहित्य प्रतिष्ठानबाट स्थलगत साहित्य लेखन प्रतियागितामा पुरस्कृत विद्यार्थी पुरस्कृत
अ अ+ अ-

गोकर्णेश्वर । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित स्थलगत कथा, कविता र निबन्ध लेखन प्रतियोगितामा प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सदस्य माननीय सन्तोष चालिसेले पुरस्कृत पन्ध्रजना छात्रछात्रालाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले पुष्पगुच्छा तथा कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार रोचक घिमिरेले नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगिताको कथा लेखनमा सहभागी विद्यार्थीहरुमध्ये पर्लल्स इङ्लिस एकेडेमीमा कक्षा दश अध्यनरत विद्यार्थी सङ्गीता लामा प्रथम, सेन्टेनियल एकेडेमी कक्षा आठ अध्यनरत प्रेरणा बस्ताकोटी द्वितीय, सर्वनाम शिक्षालयमा कक्षा दश अध्यनरत पासाङ ल्हामु शेर्पा तृतीय तथा सुसंस्कार एकेडेमीमा कक्षा सात अध्यनरत दिप्सन भट्टराई र एकता जेम्स एकेडेमी, कक्षा दश अध्यनरत कृतिश त्रिपाठी सान्त्वना पुरस्कारबाट पुरस्कृत भए ।

सोही प्रतियोगिताको कविता तर्फ सहभागीमध्ये खगेन्द्र विशेष शिक्षा माद्यमिक विद्यालय कक्षा १० का विद्यार्थी निखिल बु‘ढा प्रथम, उत्तरवाहिनी बोर्डिङ स्कूल, कक्षा ९ का छात्रा अश्मिता तामाङ द्वितीय, अरुणोदय माद्यमिक विद्यालय, कक्षा ९ का छात्रा पार्वती विश्वकर्मा तृतीय, तथा सुसंस्कार एकेडेमी कक्षा १० का छात्रा दिलाशा अधिकारी र अल्केमिस्ट एकेडेमी, कक्षा १० छात्र प्रभात घिसिङ सान्त्वना पुरस्कारबाट पुरस्कृत भए ।

स्थलगत लेखनको निबन्धतर्फका सहभागी मनकामना माद्यमिक विद्यालय, कक्षा ८ अध्यनरत छात्र सक्षम भट्टराई प्रथम, उत्तरवाहिनी बोडिङं स्कुल, कक्षा ८ का छात्रा सुयश्मा सुवेदी द्वितीय, सुसंस्कार एकेडेमी, कक्षा १० का छात्रा फुडु शेर्पा तृतीय र नवअरुणिमा माद्यमिक विद्यालय कक्षा १० का छात्र दिव्याशु रिसाल तथा उत्तरवाहिनी बोर्डिङ स्कुल, कक्षा १० का छात्रा सृजना चुडाल सान्त्वना पुरस्कारबाट पुरस्कृत भएका छन् ।

उन्नाइस विद्यालयका ७९ जना विद्यार्थी सहभागी रहेका उक्त स्थलगत साहित्य लेखन प्रतियोगितामा कथा र कवितातर्फ छब्बीस÷छब्बीस जना विद्यार्थीले भाग लिएका थिए भने निबन्धतर्फ सत्ताइसजना सहभागी थिए ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल कला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति के।के।कर्माचार्य, महासचिव विजय चलिसे, सदस्यद्वय रामप्रसाद पौडेल तथा मुना रुपाखेतीले कार्यक्रम र रमेश विकलको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चाालन प्रतिष्ठानका कोषाध्यक्ष शम्व चालिसेले गर्नुभएको थियो । वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, गोवन्द घिमिरे वेदमणि, बाजुराम पौडेल, नवराज पुडासैनी र परशुराम पराजुली “पराशर” ले प्रतिस्पर्धी विद्याथीहरूकका रचनाहरूको मूल्याङ्कन गर्नुभएको थियो

यही क्रममा गोनपा भित्रका विभिन्न विद्यालयबाट ८ कक्षादेखि १० कक्षा सम्मका सो प्रतियोगितमा भाग लिनेहरू मध्येबाट उत्कृष्टमा परेका प्रथम, िद्वतीय, तृतीय, चतुर्थ र सान्त्वना गरेर सबै विधा गरी प्रत्येक समूहका ५र५ जनालाई क्रमशः ५०००, ३०००, २०००, र सान्त्वना दुईजनालाई एक एक हजार गरेर नगद पुरस्कार प्रदान गरियो ।