२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक गम्भीर घाइते



अ+ अ-

कमलामाई । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो ।

काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौँ महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गम्भीर घाइते अवस्थामा रहनुभएका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । कार अनियन्त्रित भइ सडकबाट बायाँतर्फ २० मिटर तल भिरमा खसेको थियो ।