९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटारमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न लामिछाने उहाँको सरकारी निवास बालुवाटार पुग्नुभएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन–२ को उपनिर्वाचनमा विजयी भएकामा लामिछानेलाई बधाई दिनुभएको छ ।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाउनुभएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।