७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटारमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न लामिछाने उहाँको सरकारी निवास बालुवाटार पुग्नुभएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन–२ को उपनिर्वाचनमा विजयी भएकामा लामिछानेलाई बधाई दिनुभएको छ ।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाउनुभएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।