११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छः मन्त्री किराँती

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छः मन्त्री किराँती
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताउनु भयो । उहाँले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले जनताले ठूला राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताउनु भयो । उहाँले नेपालीहरु कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताउनु भयो । उहाँले सबै राजनीतिक दल र नेताहरु गरिबीको बिरुद्धमा एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले देश आर्थिक संकटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनताले भनेका छन्, तिमीहरुले होस पु¥याएनौँ भने दिन आउँदैछ, अझै आउँदैछ भनेको छ, त्यसैले मिलेर जाऔँ । धेरै विपरित पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ । कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो । गरिबीको बिरुद्धमा एकजुट होऔँ । र जो अत्याधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ । जनताको विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक संकटमा छ, एउटै डुंगामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ? तर हामी यस्तो राजनीतिकरण भएका छौँ, जन्मिँदै झण्डा लिएर जन्मिएको जस्तो ।’

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको आरोप लगाउनु भयो । उहाँले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरु स्वयं रहेको बताउनु भयो । उहाँले मन्त्रीहरुले मन्त्रीहरुले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको बताउनु भयो । उहाँले भगवानहरु पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरु आफ्नो विज्ञतामा बस्नुपर्ने बताउनु भयो । उहाँले अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्रायः रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वायुसेवा निगम खाने खुम्लेकीरा त मन्त्री नै पो रहेछ । प्रत्येक मानिस नियुक्तिमा पैसा उठाएको छ । हजार होइन, लाख होइन, क भन्दो रहेछ के क, क, एकदिन होइन, महिनौँ महिनासम्म क उठाएपछि कसरी हुन्छ । आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ, भगवान त आफ्नो स्थानमा बस्छन्, हामी त मान्छे हौँ । मान्छेको चाहीँ जम्मै स्थान, विज्ञता हुँदैन । अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्राय छ । जति चिमोट्दा पनि ऐया भन्दैन, स्वार्थमा दौडिएका छन् । जनता अब जाग्नुपर्छ । दबाब जनताले दिनुपर्छ ।’

मन्त्री किराँतीले देशका कानून संशोधन गरी अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आवश्यक कानून सच्याउनुपर्छ । हिमालमा गएर प्याराग्लाइडिङ गर्ने व्यवस्था हुनुपर्छ । हिमालमा स्काइ ड्राइभिङ गर्ने व्यवस्था हुनुपर्छ । हिमाल चढ्ने होइन, हिमाल भगवान हो, परबाट ढोग्ने हो, भन्ने मानसिकताले बनाएको कानून हो, समयअनुसार चल्नुपर्छ । तपाईले एउटा व्यवसाय दर्ता गराउन जानुस्, सात वटा मन्त्रालय धाउनुपर्छ । २२ वटा विभाग धाउनुपर्छ । २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्छ भने व्यवसायी के हुन्छन् ? पर्यटनको क्षेत्रमा कानून बनाउँदा तपाईहरुको साथ चाहिन्छ । हाम्रो रगतमा भ्रष्टाचार छ, जतिसुकै भन्नुस् ।’

मन्त्री किराँतीले नेपालीहरुको रगतरगतमा भ्रष्टाचार रहेको बताउनु भयो ।