२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई पहिचानवादीहरुले देखाए कालो झण्डा



अ+ अ-

काठमाडौँ । आफ्नो जन्मथलो आठराई  पुग्नुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गरिएको छ ।

सिलाम साक्मा लगाएर सपत्नी जन्मथलो पुग्नुभएका ओलीलाई पहिचानवादीहरुले कालो झण्डा देखाई विरोध प्रदर्शन गरेका हुन् ।

कोशी प्रदेश नामकरणको विरोधमा किरात प्रदेश नाम राख्नुपर्ने भन्दै आन्दोलन गरिरहेका पहिचानवादीहरुले ओलीसामु विरोध प्रदर्शन गरेका हुन् ।

अध्यक्ष ओलीलगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए । उनीहरूले इलाम बजारमा जुलुस तथा कालो झण्डासमेत देखाएका थिए ।

सिलाम साक्मा लगाएर सेल्फी लिँदै जन्मथलो आठराईमा ओली दम्पती

इलाममा भएको कार्यक्रममा अध्यक्ष ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभएको थियो ।

उहाँले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनुभएको थियो । उहाँले ढुङ्गा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्ण रूपमा लाग्न पहिचानवादीलाई आग्रह गर्नुभएको थियो ।