२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले लडाकुलाई रकम दिनेबारे गठबन्धन दलहरूलाई प्रष्ट पार्नुपर्छः माधव नेपाल



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा रहेका दलहरूलाई प्रष्ट पार्नुपर्ने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीसँग जिज्ञासा राखेको बताउनुभयो । “लडाकु वा अरु कोही पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन, मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो”, अध्यक्ष नेपालले भन्नुभयो ।

उहाँका अनुसार पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकमा राम्रो परिपाटी राम्रो हुँदैन । उहाँले मुलुकको आर्थिक अवस्था राम्रो नभएको बेला यसरी पैसा बाँड्दै हिँड्दा राम्रो भए पनि परिपाटी राम्रो नहुने बताउनुभयो । “के भएको हो भन्ने बारेमा प्रधानमन्त्रीले घटक दलहरूबीचमा प्रष्ट पार्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई रकम दिने पुरानै निर्णय भएको बताएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “मैले नयाँ निर्णय गरेको होइन, पुरानै निर्णय हो, नयाँ रकम होइन, पहिले दिन बाँकी रकम दिइएको हो ।”