२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गएरातिको भूकम्पले बाजुराका २३ घरमा क्षति



बाजुरा भूकम्पबाट क्षति (फाईल फोटो)
अ+ अ-

बाजुरा । गएराति आएको भूकम्पका कारण हिमाली गाउँपालिका–२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त वडाका धञ्जित बुढा, दन्तिर बुढा, जोवलाल बुढा, नौउले बुढा, दिलबहादुर बुढा र सौरमल रोकायाको घरमा क्षति पुगेको छ । यस्तै वासु रोकाया, सुरेन्द्र बुढा, दुवलाल बुढा, देवबहादुर बुढा, पञ्च रोकाया, सुरेन्द्र बुुढा, जग्गी बोहरा, साइमल बोहराको घरमा क्षति पुगेको छ ।

सोही वडाका सुर्ज बोहरा, जस थापा, भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, वाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का, गोल्लाल खड्कालगायतको घरमा क्षति भएकोे गाउँपालिकाका प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । क्षतिको विवरण सङ्कलनका लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभयो । रासस




भर्खरै