११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भिर नभएको भन्दै महावीर पुनको सडक आन्दोलन

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भिर नभएको भन्दै महावीर पुनको सडक आन्दोलन
अ अ+ अ-

काठमाडौँ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गर्नुभएको छ ।

शुक्रवारदेखि काठमाडौंको माईतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन शुरु गर्नुभएको छ । उहाँले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताउनु भयो।

पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको उल्लेख गनुभयो । उहाँले नयाँ विषयहरुको आविष्कार गर्ने,नयाँ प्रवद्र्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरु विदेश जान बाध्य हुने बताउनु भयो ।

उहाँले अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो। उहाँले नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाएको बताउनु भयो। उहाँले सरकारले अब नेपालमा नै प्रतिभा भएका युवाहरुलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरुमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट्दा समेत केही गर्न नसकिएको बताउनु भयो ।

उहाँले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दा समेत सरकारले नदेखेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो,‘ नेपालका प्रतिभा भएका विद्यार्थी तथा भावि सन्ततिहरुको लागि आन्दोलन गर्नुपरेको हो । नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौं । यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको हो । हामीले नयाँ विषयहरुको आविष्कार गर्ने,नयाँ प्रवद्र्धन गर्ने काम गरिएन भने मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सक्दैनौं । अर्थतन्त्र सधार भएन भने नेपाली युवाहरु विदेश जानुपर्ने हुन्छ । अर्थतन्त्र सुधारको लागि मुलजरा भनेको अनुसन्धान,आविष्कार र नवप्रवर्तन हो । यो नेपालमा मात्रै नभएर विश्वका देशहरुले गर्ने काम यही हो । जुन देशले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा खर्च गरेको छ ।

त्यो देश विकासशील भएको छ । गर्न नसक्ने देशको विकास हुँदैन । नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएको हुनाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाउनुपरेको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने युवाहरुकाले लागि सरकारले अहिलेसम्म केही गर्न नसकेकोले अब सरकारले नेपालमा नै प्रतिभा भएका युवाहरुलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउनु आवश्यक छ । मैले १० वर्षसम्म कुरेर बसेको थिए । सन् २०१२ देखि २०१७ सम्म सरकारका सबै मन्त्रालयहरुमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट गरे । तर केही नलागेर छाडि दिए । पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गरियो । तर पनि सरकारले देखेन । राष्ट्रिय आविष्कार केन्द्रहरु धेरै खोल्नुपर्छ ।’

उहाँले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याउन माग गर्नुभयो। उहाँले प्रतिभाशाली सन्ततीहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवद्र्धन, सन्चालन तथा खरिद ऐन बनाउन आग्रह गर्नुभयो।

उहाँले स्टार्टअपहरुलाई प्रोत्साहन गर्ने कानून बनाउन,नवउद्यमीहरुलाई हतोत्साह नगर्न, उद्यमशीलताको विकास गर्न नव उद्यमी पहिचान र प्रवद्र्र्धन समिति बनाउन र व्यवहारिक अनुसन्धान लाई प्रवद्र्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न माग गर्नुभयो। उहाँले यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था तत्काल गर्न माग गर्नुभयो । हाँले पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति माग समेत गरेका छन् ।