२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप छुटेका बालबालिका पत्ता लगाउन घरधुरी सर्वेक्षण हुने



अ+ अ-

काठमाडौँ । नियमित खोप लगाउन छुटेका बालबालिका पत्ता लगाउन काठमाडौँ महानगरपालिकाले बैशाख २४ गतेदेखि ३० गतेसम्म घरधुरी सर्वेक्षण गर्ने भएको छ ।

स्वास्थ्य विभागका महाशाखा प्रमुख सजिना महर्जनका अनुसार पूर्ण खोप सुनिश्चितता र प्रमाणीकरण गर्न, पूर्ण खोप घोषणा सुनिश्चितता निर्देशिका बमोजिम खोप लगाउन छुटेका बालबालिका खोजी गर्न लागिएको हो । यो खोजीबाट १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरुमा खोपको अवस्था पहिचान गरिनेछ ।

५ बर्ष उमेर समूहका बालबालिकाको जनसंख्याको आधारमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर खोजी तथा सर्वेक्षण कार्य हुनेछ । यसबेला भेटिएका बालबालिकालाई बैशाख ३१ गते बोलाएर खोप दिने व्यवस्था मिलाइनेछ ।

राष्ट्रिय खोप तालिका अनुसार बृहत खोज र खोप अभियान अन्तर्गत नियमित खोप लगाउनु पर्ने र यसअघि छुटेका बालबालिकालाई भोलि अर्थात् बैशाख १५ गते शुक्रबार पनि खोप दिइनेछ । महाशाखा प्रमुख महर्जनका अनुसार तालिकाअनुसार नियमित खोप लगाउनु पर्ने वा छुटेका सबै बालबालिकाका लागि महानगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाबाट खोप दिइनेछ । यसको सबै तयारी पूरा भइसकेको छ ।

नेपालमा बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने गरिएको छ । काठमाडौँ महानगरपालिकाले खोप महिनाको रुपमा मनाउन विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

पहिलो खोप बच्चा जन्मिने वित्तिकै बिसीजी खोप लगाइन्छ । दोस्रो खोप ६ हप्तामा रोटा, पोलियो, पीसीभी, डीपीटी, हेब बी—हिब खोप दिइन्छ । तेस्रो खोप जन्मेको १० महिनामा दिइन्छ । यसमा ६ महिनामा दिइएको खोपको दोस्रो मात्रा दिइन्छ । चौधौँ हप्तामा चौथो खोप दिइन्छ । यसमा पोलियो, एफआइपीभी, डीपीटी र हेब वी—हिब खोप लगाइन्छ । ९ महिनामा पाँचौँ खोप लगाइन्छ ।

यसमा एफआइपीभी, पीसीभी र रुवेला दादुरा खोप लगाइन्छ । १२ महिनामा छैटौँ पटक खोप दिइन्छ । यस पटक दिइने खोप जापानीज इन्सेफालाइटिस हो । १५ महिनामा सातौँ खोप दिइन्छ । यो खोप रुवेला दादुराको दोस्रो मात्रा हो । यसैबेला टाइफाइडको खोप पनि लगाइन्छ ।