१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा अहिले गइहाल्ने अवस्था छैन, ४ वर्ष पर्खिन सक्छौं– रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा अहिले तत्काल नजाने बताएका छन् ।

उपनिर्वाचनमा चितवन २ बाट विजयी भएपश्चात कामठाडौंमा पहिलोपटक सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई दिएको समर्थन समेत तत्काल फिर्ता नलिन सकिने जिकिर गरे ।

सभापति लामिछानेले सरकारको न्यूनतम कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ ।’, उनले थपे, ‘भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन । हामी थप मजबुत भएर आएका छौं ’ ।

सभापति लामिछानेले आफ्नो पार्टी अहिले नै सरकारमा जाने स्थिति नरहेको स्पष्ट पारे । ‘पहिले सरकारमा जाने कारणहरू हामीले बताएका थियौं । अहिले त्यस्तो कारण नै छैन । हावामा टेकेर जाने कुरा आउँदैन । मन्त्री बन्नका लागि मात्रै सरकारमा जाने पनि होइन’, उनले भने ।

सञ्चारकर्मीहरुले सरकारमा नजाने भए चार वर्ष कुर्ने हो त ? भन्ने प्रश्नमा लामिछानेले यो विकल्प उचित रहेको बताए । उनले दोस्रोपटक संसदमा पुनः निर्वाचित भएकोमा रोमाञ्चित बनेको बताए ।