२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश: ५३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुरको दाबी



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ ।

सत्ता गठबन्धनबाट ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र उहाँले दाबी पेश गर्नुभएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ (२)अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिएका थिए । बिहीबार पनि ५३ जनाको हस्ताक्षरसहित दाबी पेश भएको छ ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यी छ । नेकपा (एमाले) २९, कांग्रेस २७, माओवादी केन्द्र ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४÷४, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३÷३, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) का १÷१ र स्वतन्त्र १ जना सदस्य रहेका छन् ।

प्रदेशमा सरकार गठनका लागि ४४ प्रदेशसभाको आवश्यकता पर्दछ ।

तस्बिरः सुमित्रा अधिकारी-रासस