५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश: ५३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुरको दाबी



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ ।

सत्ता गठबन्धनबाट ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र उहाँले दाबी पेश गर्नुभएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ (२)अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिएका थिए । बिहीबार पनि ५३ जनाको हस्ताक्षरसहित दाबी पेश भएको छ ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यी छ । नेकपा (एमाले) २९, कांग्रेस २७, माओवादी केन्द्र ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४÷४, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३÷३, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) का १÷१ र स्वतन्त्र १ जना सदस्य रहेका छन् ।

प्रदेशमा सरकार गठनका लागि ४४ प्रदेशसभाको आवश्यकता पर्दछ ।

तस्बिरः सुमित्रा अधिकारी-रासस




भर्खरै