२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा हेलिकप्टरबाट सुत्केरीको उद्धार



फाइल फाेटाे
अ+ अ-

खलङ्गा । दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

छब्बिस हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिए पनि अर्को बच्चा जन्माउन बच्चाको फोक्सोको विकास नभएका कारण थप उपचारका लागि आज हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल पठाइएको जिल्ला अस्पताल दार्चुलाका चिकित्सक सोमराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले आमाको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको र जिल्ला अस्पताल दार्चुलामा जन्मिएको शिशुलाई सुर्खेत प्रादेशिक अस्पतालको आइसियुमा राखिएको छ ।