११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पानीका मूल फुटाउन ‘रिचार्ज’ पोखरी निर्माण

पानीका मूल फुटाउन ‘रिचार्ज’ पोखरी निर्माण
अ अ+ अ-

साँफेबगर । कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरु जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि अछामका विभिन्न पालिकामा पुनर्भरण पोखरी (रिचार्ज पोखरी)निर्माण गर्न थालिएको छ ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए) द्वारा यहाँका विभिन्न पालिकामा पानीका मूल फुटाउने प्रयोजनका लागि यस्ता पोखरीहरु निर्माणको कार्यक्रम अघि सारिएको बताइएको हो । सो प्रयोजनका लागि यहाँका कतिपय पालिकामा पुनर्भरण पोखरी निर्माणको काम सुरु भइसकेको र केहीमा निर्माण आयोजनाहरु तय भएका जानकारी दिइएको छ ।

अछामको साँफेबगर नगरपालिका–१३ बाब्लामा इबिएको सहयोगमा रिचार्ज पोखरी निर्माण गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा उक्त आयोजनाबाट विनियोजन भएको रु ५५ लाख र रु १९ लाख ६४ हजार जनश्रमदान गरी रु ७४ लाख ६४ हजार लागतमा निर्माण भएको उक्त रिचार्ज पोखरीबाट एक सय तीन घरधुरी लाभान्वित भएका वडाअध्यक्ष रुपबहादुर कुँवरले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनले पानीका मुहान सुक्दै जाने तथा खडेरी पर्ने जस्ता वातावरणीय समस्या देखिँदै आएको र पानीलाई केही समय रोकेर राख्दा जमिनमुनि पानीको भण्डार बढ्ने र पानीको स्रोत संरक्षण हुने भएकाले पानीका मूल फुट्न सक्ने बताइएको छ ।

त्यसैगरी, तल्लो तटीय क्षेत्रका पानीका मुहान बढ्ने, वन जङ्गलसँगै वन्यजन्तु र जङ्गली जनावरको समेत संरक्षण हुने भएकाले पहाडी भेगका लागि जलवायु परिवर्तनको प्रभाव कम गर्ने उत्तम विधि रिचार्ज पोखरी भएको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना  का राष्ट्रिय शिक्षाविज्ञ दीपेन्द्र जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले अछाम जिल्लामा गाईभैँसीपालनदेखि भूक्षय रोक्न उपयोगी नेपियर घाँसको बीउ किसानहरुलाई उपलब्ध गराइएको छ । इबिएद्वारा प्राप्त नेपियर घाँसको बीउ पाएपछि साँफेबगर नगरपालिका बाब्लाका केही किसानले बाँझो जमिनको सदुपयोग गर्दै घाँस खेती गरेका स्थानीयवासी कविराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार घाँस खेतीले गाईवस्तु पाल्न सहज मात्रै भएको छैन, भिरपाखातिर जोखिममा घाँस काट्ने समस्या पनि टरेको छ ।

उता इबिएले अछामको मेललेख गाउँपालिका–१ रिसिदहमा किसानहरुलाई आलुको बीउसमेत वितरण गरेको छ । आलु समथर मैदानी भू–भागदेखि चिसो पहाडसम्म उत्पादन हुन्छ । मेल्लेख गाउँपालिका–१ र २ मा केही किसानलाई आलु उत्पादनका लागि बीउ वितरणसँगै प्राविधिक सहयोगसमेत गरिएको इबिएका अछाम जिल्ला संयोजक भोला ढकालले जानकारी दिनुभयो ।

हाल विश्वमा हुने हरित गृह ग्यासको कूल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ । कार्बनडाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखापरेको डिभिजन वन कार्यालय अछामका प्रमुख भोजराज शर्माले बताउनुभयो । उहाँका अनुसार अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रुपमा पाएका सुन्दर हिमताल र नदीनालाहरु पनि कालान्तरमा सङ्कटमा पर्ने खतरा रहेको जलवायु परिवर्तनसम्बन्धी विषयका जानकारहरु बताउँछन् ।

नेपालमा पनि यसको प्रभाव कम गर्नका लागि प्रत्येक घर र कार्यालयमा कम्तीमा पनि एउटा रूख रोप्न सक्ने हो भने यसबाट धेरै फाइदा पुग्ने बताइन्छ । त्यसैगरी, सडकको दायाँ–बायाँका किनारामा वृक्षरोपण गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् । चुरे पहाडको संरक्षणका लागि पनि त्यत्तिकै ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ । लगातार रुपमा चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भू–सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ । देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्ने आजको आवश्यकता रहेको जलवायु विज्ञको भनाइ छ ।

हरित गृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय भएको बताइएको छ । ऊर्जाका रुपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्य शक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक रहेको वन तथा वातावरण विभागका महानिर्देशक देवेश त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार पृथ्वीमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित सहरीकरण र तीव्र औद्योगिकीकरणले अनेक समस्या निम्त्याएको छ । यिनै समस्याहरुको न्यूनीकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन पहिलो जरुरी रहेको छ ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको अछाम जिल्लाको रामारोशन ताल संरक्षणका लागि इबिएले जनचेतनामूलक कायर्मक्रमहरु सञ्चालन गर्दै आएको छ । हावापानीका दृष्टिले लेकाली भेकमा रहेको उक्त रामारोशन ताल संरक्षणका लागि आगामी दिनमा बृहत्तर कार्य योजना लागू गर्ने गरी काम गरिने इबिएका राष्ट्रिय शिक्षाविज्ञ जोशीले जानकारी दिनुभयो । रासस