२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको मनोवैज्ञानिक सन्देश महत्त्वपूर्ण छ– एमाले उपमहासचिव रिमाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मनोवैज्ञानिक सन्देश महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अङ्कगणितका आधारमा उपनिर्वाचनको परिणामले सत्तासमीकरणमा तात्विक फरक पार्ने खालको नभए पनि मनोवैज्ञानिक सन्देश भने महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उपनिर्वाचनको परिणामले ठूला पार्टी लक्षित ‘सच्चिने’ शब्दको भाव, ‘अहिलेकोमा सुधार गर’ भन्ने होला भन्दै उपमहासचिव रिमालले मनोवैज्ञानिक सन्देश ‘कार्यशैली सुधार गर’ भन्ने मात्र हैन । नयाँ ‘मार्केटिङ–स्टन्ट’ पछ्याउ भन्ने पनि हैन भन्नुभएको छ ।

उपनिर्वाचनले ‘अजेण्डा सेटर गर, त्यसको ब्राण्डिङ गर र डेलिभरीको तरिका फेर’ भन्ने मनोवैज्ञानिक सन्देश दिएको आफ्नो बुझाइ सही हो भने उक्त मनोविज्ञानलाई आत्मसात गर्नुपर्ने उहाँको भनाइ छ ।