२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीमाथि लाञ्छना लाउनेलाई चितवनबासीले एकमुष्ट जवाफ दिए– रवि लामिछाने



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूमाथि लाञ्छना लगाउनेहरुलाई चितवनबासीले एकमुष्ट जवाफ दिएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य पदका लागि चितवन–२ भएको उपनिर्वाचनमा भारी मतान्तरले निर्वाचित भएपछि उहाँले जनताले निर्वाचनको क्रममा आफूहरूमाथि गरेको अपमानको जवाफ दिएको बताउनुभयो ।

“निर्वाचनको क्रममा हामीमाथि विभिन्न लाञ्छना लगाएका छन् । विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । अपमान गरेका छन् । सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । कतिपयल जवाफ दिनुस् भन्नुहुन्थ्यो । मैले भन्ने गर्थें– यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेर । आज सबैको जवाफ एकमुष्टरूपमा चितवनले स्वस्तिक छाप लगाएर दिएको छ ।”

उहाँले निर्वाचनका क्रममा आफ्ना समर्थकबाट भएको गल्तीमा माफीसमेत माग्नुभयो ।