१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशपछि सिंहदरबारको फोहोर उठ्न थाल्यो



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सिंहदरबारको फोहोर उठाउन थालेको छ। सर्वोच्च अदालतले ३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन उठाउन आदेश दिएपछि महानगरले आजदेखि फोहोर उठाएको हो ।

सिंहदरबारको फोहोर परिवर्तन सेवा कम्पनीले उठाएको छ । यसअघि मेयर बालेन शाहले साह संघीय सरकारले आफूहरुसँग समन्वय र सहयोग नगरेको भन्दै गत चैत २४ गतेदेखि शितलनिबास,सिंहदरबार , बालुवाटार क्षेत्रको फोहोर उठाउन रोकेका थिए ।

शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न आदेश दिएको थियो।