६ आश्विन २०८१, आईतवार
,
Latest
रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा जम्मा हुन रास्वपाको सर्कुलर मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकमा खराब कर्जा बढेसँगै मुलुकको अर्थतन्त्रमा थप चुनौति थपियो: उपाध्यक्ष कोईराला



अ+ अ-

काठमाडौँ । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौति थपिएको बताउनुभएको छ ।

गत शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उपाध्यक्ष कोईरालाले अघिल्लो असार महिनामा १.२ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा (एनपीए) अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको बताउनु भयो । उहाँले मुलुकका ५ वटा बैंकको मुनाफा घटेको तथा ३२ अर्ब बढीको कर्जा प्रवाह र २० अर्बको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु भोग्नुपर्ने अवस्था देखिएको बताउनु भयो ।

उपाध्यक्ष कोईरालाले पछिल्लो समय बैंकहरुको निस्कृय कर्जाको ब्याजदर समेत बढ्दै गएको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रबिरुद्ध भइरहेको अराजक आन्दोलनले अझ चुनौति बढेको भन्दै सरकारले तत्काल बैंक बिरुद्धको अराजक आन्दोलन रोक्न माग गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको करिव २५ देखि ३० प्रतिशत नाफा घट्ने दाबी गर्नुभयो । उहाँले पछिल्लो समय बैंकहरुले धेरै नाफा कमाए भनेर चित्रण गरे जस्तो वास्तविकता नभएको स्पष्ट पार्नुभयो ।

उहाँले समग्र विश्व बैंकिङ उद्योगको मुनाफा ८ प्रतिशत र ५० प्रतिशत बैंकहरुले लागत कस्ट भन्दा पनि कम नाफा गरिरहेको अवस्था रहेको बताउनु भयो । उहाँले पछिल्लो आर्थिक वर्षमा नेपालका बैंकहरुले ११ प्रतिशत मुनाफा रहेको भन्दै अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम रहेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको कर्जा प्रवाह जीडिपी ग्रोथ भन्दा बढी भएको कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको बताउनु भयो ।

उहाँले भारतमा जिडिपी र कर्जा बिस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा रहेको बताउनु भयो । उपाध्यक्ष कोईरालाले अहिले बैंकिङ उद्योगमा ५४.४७ खर्ब निक्षेप संकलन र ४८.४४ खर्ब कर्जा प्रवाह भइरहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको वैशाख महिना सम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप र १४७ अर्ब (३.३० प्रतिशत) ले कर्जा बढेको बताउनु भयो । उहाँले पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप संकलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय बैंकहरुले धेरै नाफा कमाए भनेर जसरी आम रुपमा चित्रण गरिएको छ । वास्तविकता त्यस्तो प्रकारको छैन । विश्व बैंकिङ क्षेत्रलाई हेर्ने हो भने मुनाफा ८ प्रतिशतको हाराहारीमा हो । ५० प्रतिशत बैंकहरुले लागत कस्ट भन्दा पनि कम नाफा गरिरहेका छन् । नेपालका बैंकहरुले पछिल्लो आर्थिक वर्षमा ११ प्रतिशत मुनाफा रहेको अवस्था थियो । अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम हो । पछिल्लो समय नेपालको कर्जा प्रवाह जीडिपीको भन्दा पनि बढी भएको कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको देखिन्छ । अन्य सार्क देशको कर्जाको बिस्तार हेर्दा नेपालमा ५ वर्षमा कर्जा लगानीको बिस्तार जिडिपी आकार भन्दा बढी भएको देखिन्छ । भारतमा जिडिपी र कर्जा बिस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा देखिन्छ ।

त्यही कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको हो । अहिले बैंकिङ उद्योगमा ५४.४७ खर्ब निक्षेप संकलन ४८.४४ खर्ब कर्जा प्रवाह भइरहेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप बढेको छ भने १४७ अर्ब (३.३० प्रतिशत) बढेको देखिन्छ । पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप संकलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको थियो । बैंकको वित्तीय तथ्याङ्कमा धेरै बैंकहरुको निस्कृय कर्जाको ब्याजदर बढेको छ । गएको असर महिनामा १.२ प्रतिशत बैंकहरुको खराब कर्जा (एनपीए) अहिले ३.००८ प्रतिशतमा पुगेको देखिन्छ । ५ वटा बैंकको मुनाफा नै कम छ ।

३२ अर्ब बढीको कर्जा प्रवाह गरेको देखिन्छ । २० अर्बको हाराहारीमा ब्याज उठेको देखिँदैन । यस्ता तथ्याङ्कहरुले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु पार गर्नुपर्ने देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको करिव २५ देखि ३० प्रतिशत नाफा घट्ने देखिन्छ भने ८ देखि १० अर्बको हाराहारीमा कर कम हुने देखिन्छ । उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्न भन्दा पनि बैंक बिरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिँदै गएका छन् । बैंकबाट विभिन्न व्यापार व्यवसाय लिनको लागि लिएको ऋण समयमा नतिर्ने र बैंकले पटक–पटक जानकारी गराउँदा उल्टै बैंकका कर्मचारीको अपमान गरिनुका साथै बैकिङ क्षेत्रलाई नै बदनाम गराउने प्रयास भइरहेको छ । यसमा सरकार समयमा नै सजक हुनुपर्ने र यस्ता अराजक आन्दोलन तत्काल बन्द हुनुपर्ने हाम्रो माग छ ।’

उपाध्यक्ष कोईरालाले चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रले तिर्ने ८ देखि १० अर्बको हाराहारीमा कर घट्ने बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्न भन्दा पनि बैंक बिरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिएको बताउनु भयो। उहाँले बैंकबाट विभिन्न व्यापार व्यवसाय लिनको लागि लिएको ऋण समयमा नतिर्ने र बैंकले पटक–पटक जानकारी गराउँदा उल्टै बैंकका कर्मचारीको अपमान गरी बंैकिङ क्षेत्रलाई नै बदनाम गराउने प्रयास भइरहेको आरोप लगाउनु भयो ।