११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सम्बन्धविच्छेदको मुद्दालाई लिएर अदालतभित्र अशान्ति मच्चाउने तीन जना पक्राउ

सम्बन्धविच्छेदको मुद्दालाई लिएर अदालतभित्र अशान्ति मच्चाउने तीन जना पक्राउ
अ अ+ अ-

गोरखा । अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

जिल्ला अदालतको मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उहाँले बताउनुभयो । दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो।

पक्राउ परेकाहरूलाई सार्वजनिकस्थलमा अशान्ति मच्चाएको कसुरमा मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर जिल्लाअदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।