२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा–२: जसपा र जनमतका कार्यकर्ताबीच विवाद हुँदा केहीबेर मतदान रोकियो



अ+ अ-

बारा । बारा–२ मा जारी उपनिर्वाचनमा महागढीमाई नगरपालिकाको इनर्वा बुथमा जसपा र जनमतका कार्यकर्ताबीच झगडा हुँदा केहीबेर मतदान रोकिएको छ ।

महागढीमाईको इनर्वा बुथमा जसपाका कार्यकर्ताहरूले आफ्ना समर्थकलाई मात्र मतदान गर्न भित्र छिराएको भन्दै जनमतका कार्यकर्ताले विरोध गरेपछि केहीबेर मतदानमा अवरोध भएको थियो ।

दुई पार्टिका कार्यकर्ताहरूबिच विवाद हुँदा हात हालाहाल समेत भएकोमा अहिले शान्तिपूर्णरूपमा मतदान भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । ‘त्यहाँ थप सुरक्षाकर्मी पठाएका छौं । मतदान सुरू भइसकेको छ ’, उनले भने ।