१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाहविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा



अ+ अ-

काठमाडौँ । सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध दायर रिटको पेसी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।

यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परे पनि हेर्न नभ्याइने भएको थियो ।

अधिवक्ता पदम श्रेष्ठले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई विपक्षी बनाएर दायर गर्नुभएको रिटको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको हो ।

रिटमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर नउठाएकाले तत्काल संकलन गरी ल्याण्डफिल साइटमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न आदेश माग गरिएको छ ।