६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: साविक विजेता र उपविजेताबीच भिडन्त



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको दोस्रो खेल साविक विजेता गुजरात टाइटन्स (जीटी) र साविक उपविजेता राजस्थान रोयल्स (आरआर)बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । यी दुवै टोली गत वर्षको फाइनलमा पुगेका थिए । यसै मैदानमा भएको फाइनल खेलमा गुजरातले राजस्थानलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटाउँदै पहिलो सिजनमै उपाधि जितेको थियो । खेलमा गुजरातका कप्तान हार्दिक पाण्ड्या म्यान अफ द म्याच घोषित भएका थिए ।

यो सिजन राजस्थानको पाँचौं खेल हुनेछ। उसले पछिल्ला चार खेलमा तीन जित र एकमा हार बेहोरेको छ । राजस्थानले पहिलो खेलमा हैदरावादलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो । त्यसपछि दिल्ली र चेन्नईलाई हरायो । उसले पञ्जाबसँग मात्रै हार बेहोरेको छ ।

गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा जोस बटलर, शिमरोन हेटमायर, जेसन होल्डर र एडम जाम्पा हुन सक्छन् । यी बाहेक सञ्जु सामसन, युजवेन्द्र चहल, यशस्वी जैसवाल र देवदत्त पडिक्कल जस्ता खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

जारी सिजनमा गुजरातको पनि आज पाँचौं खेल पनि रहेको छ । उसले पछिल्ला चार खेलमा तीन जित र एक हार बेहोरेको छ । यस सिजनको पहिलो खेलमा गुजरातले चेन्नईलाई हराएको थियो । त्यसपछि उसले दिल्ली र पञ्जाबलाई पराजित गर्यो । गुजरात कोलकातासँग पराजित भयो ।

राजस्थानविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा डेभिड मिलर, राशिद खान, जेसुवा लिटिल र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक हार्दिक पाण्ड्या, शुभमन गिल र राहुल तेवाटिया जस्ता स्टार खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

गुजरात टाइटन्सको यो लिगमा दोस्रो सिजन मात्र हो । पहिलो सिजनमै टिमले सबैलाई चकित पारेर च्याम्पियन बनेको थियो । दुवै टोली ३ पटक आमनेसामने भएका छन् । गुजरातले राजस्थानविरुद्ध तीनवटै खेल जितेको छ ।

नरेन्द्र मोदी स्टेडियमको पिच ब्याटरका लागि सहयोगी साबित हुन सक्छ । यहाँ द्रुत आउटफिल्ड भएका कारण रन बनाउन सजिलो छ । यद्यपि सुरुमा बलरले पनि केही फाइदा लिन सक्छन् । खेल अघि बढ्दै जाँदा स्पिनरहरूले थोरै मद्दत पाउन थाल्छन् । यस स्टेडियममा, टोलीहरू टस जितेर ब्याटिङ गर्न चाहन्छन्, किनभने पछि बलरहरूले केही मद्दत पाउन थाल्छन् । आज अहमदाबादको मौसम निकै तातो हुने भएको छ । अहमदाबादमा आइतबारको तापक्रम २६ देखि ४० डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान / विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, देवदत्त पडिक्कल, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, जेसन होल्डर, युजवेन्द्र चहल, कुलदीप सेन र सन्दीप शर्मा ।

गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), साई सुदर्शन, विजय शंकर, राहुल तेवाटिया, डेभिड मिलर, राशिद खान, मोहम्मद शमी, जेशुआ लिटिल र अल्जारी जोसेफ ।