१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादी, ललितपुरका ३९ जना नेता/कार्यकर्ता एमालेमा



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९ जना नेताकार्यकर्ताहरू नेकपा (एमाले) मा फर्कनुभएको छ ।

महासचिव शंकर पोखरेलले बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा उहाँहरूलाई स्वागत गर्नुभयो ।

महासचिव पोखरेलले नवप्रवेशीहरूसमेत सबैलाई एमालेमा एउटै लयमा काम गर्ने वातावरण बन्ने विश्वास दिलाउँदै देशको विकास, निर्माण, समृद्धि र सामाजिक न्याय चाहने सबै बामपन्थी नेता कार्यकर्तालाई नेकपा (एमाले) मा समाहित हुन आह्वान गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले पार्टीमा फर्कनुभएका साथीहरूलाई उहाँहरूको गुनासो नरहने गरी पार्टीले व्यवहार गर्ने विश्वास दिलाउँदै योग्यता, क्षमता अनुसारको जिम्मेवारी पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

आफूसहित ३९ जनाको समूह लिएर नेकपा (एमाले) मा फर्कनुभएका सुदर्शन मिश्रले पार्टीभित्रका अन्तरविरोध पार्टीभित्रै बसेर समाधान खोज्नुपर्ने कुरामा विश्वास रहँदा रहँदै पनि विगतमा पार्टीबाट बाहिरिने जुन निर्णय गरेँ, त्यस विचलनका लागि आत्मालोचना गर्छ भन्नुभयो । उहाँले सबै साथीहरूलाई पार्टीमा विना भेदभाव कामको जिम्मेवारी प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) मा फर्कनुहुनेहरूमा जिल्ला कमिटीका सचिवालय सदस्यहरू शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, जिल्ला कमिटी सदस्यहरू माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, विष्णु घिमिरे, सानुमैया कार्की, रुद्रबहादुर केसी हुनुहुन्छ ।

त्यसैगरी नेकपा एसका ललितपुर महानगर कमिटीका सदस्यहरू नरेन्द्र चन्द, महेन्द्र मानन्धर, राजमान कायस्थ, राजु मानन्धर, रमेश पोखरेल, शान्ति लामा, वडा कमिटी सदस्यहरू विमला कार्की, शोभा मिश्र, नरेन्द्र तण्डुकार, रामकाजी महर्जन, देवी थापा मगर, सुलोचना गुरुङ, राधा पन्त, राजेश मानन्धर, रमा लामा, हस्तबहादुर पुन, राजन घिमिरे, विनोद श्रेष्ठ, देवी लामा, सुरेन्द्र मुल्मी, मनकुमारी लिम्बु, राजिव बानिया, विक्रम घिमिरे, राजन घिमिरे, सञ्जय पोखरेल, कल्पना घिसिङ, विमला खतिवडा र सुमन महर्जन पनि नेकपा (एमाले) मा समाहित हुनु भएको छ ।

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सुशीला नेपाल र केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारको पनि उपस्थिति रहेको थियो ।