११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘प्रसाद २’ रिलिज गर्न दिने बोर्डको निर्णय अनुसारकै अदालतको आदेश सम्मानजनक छ: अध्यक्ष केसी

‘प्रसाद २’ रिलिज गर्न दिने बोर्डको निर्णय अनुसारकै अदालतको आदेश सम्मानजनक छ: अध्यक्ष केसी
अ अ+ अ-

काठमाडौँ। उच्च अदालत पाटनले नेपाली चलचित्र ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको मुद्दामा रिट निवेदक केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै अब उक्त चलचित्रको सार्वजनिक प्रदर्शन गर्ने बाटो खुलेको छ । यसअघि चैत २४ गते रिलिज तय भएको यो चलचित्र केशव पाण्डेले दायर गरेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि रिलिज रोकिएको थियो ।

सोमबार भएको बहसपछि उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले जारी गरेको आदेशमा निर्माण भईसकेको चलचित्रको प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टीले उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु पर्ने अवस्था नदेखिएको उल्लेख गरिएको छ । निवेदक पाण्डेले ‘प्रसाद २’को निर्माण इजाजत प्राप्त गरेको नदेखिएको तथा पाण्डे र सुलभ थापा प्रोडक्सन प्रा।लि।बीचको करारको सम्बन्धमा छुट्टै कानूनी उपचारको मार्ग अपनाउन सक्ने देखिएको आदेशमा लेखिएको छ ।

चलचित्रका लागि निर्माता सुबास थापालाई झण्डै साठी लाख रुपैयाँ दिएका तर चलचित्रमा कतैपनि नाम समावेश नभएका पाण्डेलाई थापाले लगानी फिर्ता गर्दा दिएको चेक बाउन्स भएपछि बैंकिंग कसूरमा पक्राउ पुर्जी जारी भएको छ । पाण्डेले निर्माता थापा अदालतमा हाजिर नभएसम्म रिलिज रोकिपाउँ भनि चलचित्र विकास बोर्डलाई बिपक्षी बनाई रिट निवेदन दिएका थिए ।

बोर्डको तर्फबाट अधिवक्ता तारा कुमार श्रेष्ठ र बिपक्षी मध्येका एसजी फिल्मसको तर्फबाट बरिष्ठ अधिवक्ता डा। भिमार्जुन आचार्य र चलचित्र जाँच समितिको तर्फबाट सच्च सरकारी वकिल सहायक न्यायाधिवक्ता युवराज शर्माले बहस गर्नुभएको थियो ।

उच्च अदालतको आदेश आएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रमा काम गर्ने हरेक श्रमजीवीको पक्षमा आदेश आएको प्रतिक्रिया दिनुभयो । ‘बोर्डले सबै पक्षलाई बिश्लेषण गरी रिलिज हुन दिने निर्णय गरेको थियो तर कसैको व्यक्तिगत हिसाबकिताबको आधारमा सयौँ श्रमजीवीले काम गरेको सिंगो चलचित्रलाई नै प्रदर्शन हुन नदिने नियत विरुद्द अदालतको आदेश सम्मानजनक छ । यसबाट आगामी दिनको लागि पनि यस प्रकारका समस्याहरु आउँदा पेश गर्ने नजीर बनेको छ’, केसीले बताउनुभयो ।

‘प्रसाद २’को प्रदर्शन २४ चैतमा तय भई चलचित्र ‘चलचित्र जाँच (सेन्सर) सिफारिस’ रोकिपाउँ भनि उक्त चलचित्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरुबाट बोर्डमा निवेदन परिआएकोमा सो समस्या समाधानको लागि चैत २० गते उजुरीकर्ताहरु तथा चलचित्रसँग सम्बन्धित पक्षहरुलाई बोर्डको कार्यालयमा डाकी छलफल गरिएको थियो । उ

क्त छलफलमा उजुरीकर्ताहरु सबै आएतापनि निर्मातामा नाम रहेका ‘सुबास थापा’को भने उपस्थिती रहेको थिएन । उक्त फिल्म चलचित्र विकास बोर्डमा नीज थापाको छोरा शुलभ थापा सञ्चालक रहेको कम्पनी ‘शुलभ थापा प्रोडक्शन प्रालि’ र ज्याक श्रेष्ठ सञ्चालक रहेको कम्पनी ‘एसजि फिल्मस प्रा.लि.’को नाममा दर्ता रहेको छ । रिट निवेदक केशव पाण्डे बोर्डमा रहेका चलचित्र सम्बन्धित कुनै पनि कागजातमा फिल्म ‘प्रसाद २’को साझेदारको रुपमा रहेको देखिँदैन ।

उक्त छलफलमा नीज पाण्डेबाहेक उपस्थित सबैले चलचित्रलाई रिलिज हुन दिएपछि मात्र आफुले पाउनुपर्ने रकम प्राप्त हुने आधार रहेको बताएपछि सेन्सर सिफारिस दिने र विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी प्राथमिकताका आधारमा हल रिलिजबाट कलेक्सन भएको रकम लिने छलफल भएको थियो । चलचित्रमा काम गरेका कसैले पनि मर्कामा पर्नु हुँदैन भन्ने उद्देश्यसहित अविभावकिय भूमिका निभाउँदै बोर्ड अध्यक्ष भुवन केसीले सेन्सर सिफारिस दिने निर्णय गर्नुभएको थियो ।

केसीले नेपाली चलचित्र क्षेत्रको हितको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने र समस्यालाई साझा रुपमा लिएर त्यसको समाधानतर्फ लाग्न जोड दिनुभएको थियो । छलफलमा बोर्ड अध्यक्ष भुवन केसी, चलचित्रका अर्का निर्माता सुदर्शन बस्नेत, केशव पाण्डे, निर्देशक सुदर्शन थापा, वितरकहरु गोपाल कायस्थ, करण श्रेष्ठ, गोविन्द शाही, केदार पराजुली, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदय, प्रोडक्शन कन्ट्रोलर मनोज केसी लगायत उपस्थित थिए ।