२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पुर्याउने टेलिकमको तयारी



अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पुर्‍याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पुर्‍याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले बताउनुभयो ।

“सतहत्तर जिल्लाका सात सय ३९ स्थानीय तहमा विस्तार भएको छ । अति विकट क्षेत्रका १४ स्थानीय तहमा उक्त सेवा पुर्‍याउन बाँकी छ । जसको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनको काम अघि बढेको छ”, उहाँले भन्नुभयो । फोरजी सेवा हाल ९९ प्रतिशत सम्पन्न भएको र बाँकी जिल्लामा योजना कार्य पूरा गरी कार्यान्वयनको क्रममा रहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

मुलुकका सुगमदेखि दुर्गम र विकट स्थानमा एउटै मूल्यमा दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा फोरजी विस्तारको कार्य अघि बढाएको थियो । मोबाइल सेवामा अत्याधुनिक प्रविधि र अतिरिक्त सुविधासहित फोरजी सेवाका लागि आवश्यक परियोजना सुरु गरेको हो । टेलिकमले पहिलो पटक काठमाडौँ र पोखरामा विसं २०७३ पुस १७ देखि फोरजी सेवा सुरु भएको थियो ।

ग्राहकलाई डिजिटल फ्रेमवर्कमा जोड्नका लागि आगामी वर्षमा बाँकी स्थानीय तहमा फोरजी सेवा र अप्टिकल फाइबर पुर्‍याउने काम प्राथमिकताका साथ अगाडि बढाउने प्रवक्ता अधिकारीले बताउनुभयो । देशैभर टेलिकमले विस्तार गर्ने फोरजीको नेटवर्क पाँचौँ पुस्ताको अत्याधुनिक फाइभजी सेवा विस्तार गर्नका लागि पूर्वाधारका रूपमा उपयुक्त हुने टेलिकमले जनाएको छ ।

यस वर्ष टेलिकमले वाइम्याक्सका ग्राहकलाई फोरजी सेवामा स्थानान्तरण गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष फोरजी ग्राहकको सङ्ख्या उल्लेखनीय रहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । “अघिल्लो वर्षको तथ्याङ्कसँग तुलना गर्दा ग्राहकको सङ्ख्या बढ्दो क्रममा रहेको छ । थप नयाँ सेवा जोड्दै यसलाइै अझ प्रभावकारी बनाउँछौँ”, उहाँले भन्नुभयो । टेलिकमका अनुसार माघ मसान्तसम्म प्रकाशन गरिएको तथ्याङ्कअनुसार दुई करोड ११ लाख ४१ हजार टेलिकमका ग्राहक रहेका छन् । रासस