७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

देउवाको गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य प्रस्ताव, छोरा भन्छन्– टीमलाई सम्मानजनक भूमिका चाहिन्छ

देउवाको गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य प्रस्ताव, छोरा भन्छन्– टीमलाई सम्मानजनक भूमिका चाहिन्छ
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली काँग्रेसको विद्रोही समूहको रुपमा चिनिने पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समुहबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । बैशाख १० को उपनिर्वाचनको विषयलाई लिएर सोमबार देउवा निवास धुम्बाराहीमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।

वार्तामा सभापती देउवा र जोशी पुत्र दिपकराज जोशी सहभागी थिए । सो क्रममा सभापती देउवाले गोविन्दराज जोशीलाई पार्टीको केन्द्रीय सदस्यको प्रस्ताव गरेका थिए । सो प्रस्ताव जोशी समूहले अस्वीकार गरेको छ । बुबालाई केन्द्रिय सदस्य बनाएर थामथुम गर्ने प्रयास रहेकोमा त्यसलाई आफूले अस्विकार गरेको दिपक बताउँछन् ।

तनहुँमा प्रभावशाली हैसियत निर्माण गरेका जोशीसमूहलाई हातमा लिएर तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन जित्ने रणनीति नेपाली काँग्रेसको छ । स्रोतका अनुसार जोशी समुहले गोविन्दराज जोशीलाई पार्टीको वरिष्ठ नेता बनाउनु पर्ने, केहीलाई केन्द्रिय सदस्य बनाउनुपर्ने र तनहुँ जिल्ला कार्य समितिमा ३३ प्रतिशत सहभागिता गराउनुपर्ने अडान राखेको छ ।

उपचुनावलाई मध्यनजर गर्दै काँग्रेसले केही दिन अघि पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ताको निर्णय गरेको थियो । तर, कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले त्यस पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रस्ट पारिसकेका छन् ।

सभापती देउवासँगको वार्ता असफल भएपछि जोशी समुहले अब आफ्नो ढङ्गले अगाडी बढ्ने तयारी भएको दिपक जोशीले बताए । चाँडै नै विज्ञप्ति मार्फत धारणा सार्वजानिक गर्ने जोशीको भनाई छ । यद्यपि, उपनिर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने बारेमा जोशी समूहले निर्णय गरेको छैन । तनहुँ–१ मा जोशी समूहको ६ हजार बढी मत रहेको बताइन्छ ।