२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद श्रेष्ठलक्षित ‘माग्ने बुढा’को कटाक्षः ‘यो दुनियाँ आखिर माग्ने नै रहेछ’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसबारे विभिन्न टिकाटिप्पणी भएका छन् ।

यसैबीच कलाकार केदाप्रसाद घिमिरे (माग्ने बुढा)ले पनि उक्त अडियोलाई लिएर कटाक्ष गरेका छन् । उनले फेसबुक पेजमा लेखेका छन्, ‘सबैले केही न केही मागेर छाड्छन् । यो दुनियाँ आखिर माग्ने नै रहेछ।’

यद्यपि, उनले अडियोबारे उल्लेख भने गरेका छैनन् । सांसदले पैसा मागेको अडियो सार्वनजिक भएकै दिन उनको यसप्रकारको व्यंग्य आउनुले उनले यसैप्रति लक्षित गरेको बुझिन्छ ।