१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
अ अ+ अ-

काठमाडौँ । सरकारले मिटरब्याजी समस्या अध्ययनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरिएको जानकारी दिनुभएको हो । जाँचबुझ आयोगका सदस्यहरुमा पूर्वनायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्वप्रहरी नायव महानिरीक्षक उत्तमबाबु सुवेदी रहनुभएको उहाँले बताउनु भयो । त्यस्तै मन्त्रिपरिषद् बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण(पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गरेको छ ।

शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने पनि सरकारको निर्णय छ । त्यसैगरी नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको १५ औँ बैठकमा सहभागि हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ । मन्त्री शर्माले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।

मन्त्रिपरिषद्को गत चैत १४ गते बसेको बैठकले नेपालको पूर्वी पहाडी क्षेत्रमा रहेका वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनको लागि विश्व वातावरण सुविधा (जिईएफ)बाट करिव ५५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि उहाँले जानकारी गराउनु भयो । त्यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालिन बैठकमा नेपालको सहभागिताका लागि अर्थमन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने, ग्रामिण सडकको स्तरोन्नतिको लागि एसियाली विकास बैंकसँग सम्झौता वार्ता गर्नका लागि वार्ता टोली गठन गर्ने र नेपाल चाइना बोर्डर इपिडेमिक प्रिभेन्सन एण्ड कन्ट्रोल मेकानिजमको दुई पक्षिय बैठकमा सहभागि हुन स्वीकृति दिने निर्णय भएको छ ।

सोही दिन बंगलादेशमा आयोजना हुने नेपाल–बंगलादेश संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यसमूहको पाँचौ बैठकमा सहभागि हुन ऊर्जासचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको छ । मन्त्री शर्माका अनुसार जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम जिल्ला विपद् व्यवस्थापन समितिबाटै स्थानीय तहको समन्वयमा स्पष्ट खाका र मापदण्ड बनाई पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई निर्देशन दिने निर्णय समेत भएको छ ।

मन्त्री शर्माले चैत्र १० गते बसेको मन्त्रिपरिषद् बैठकले देवघाट क्षेत्र विकास समितिको अध्यक्ष पदमा देवघाट गाउँपालिका – ३ तनहुँका भीम बहादुर रानालाई तोक्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै चौरजहारी नगरपालिका रुकुम पश्चिमलाई कर्णाली प्रदेश स्तरीय फुटबल रंगशाला स्थापना गर्ने र सभाहल निर्माण गर्ने प्रयोजनको लागि जग्गा प्राप्ति गर्न स्वीकृती प्रदान गर्ने निर्णय पनि गरिएको छ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. शैलेन्द्रराज उप्रेतीले पेस गरेको राजीनामा स्वीकृत गर्ने, भरतपुर अस्पताल तथा भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालको रुपमा सञ्चालन गर्ने गरी शैक्षिक कार्यक्रम बिस्तार गर्ने र नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा लिलानाथ भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको पनि मन्त्री शर्माले बताउनु भयो ।