२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ–१ उपनिर्वाचनः गोविन्द भट्टराईले गरे मनोनयन दर्ता



अ+ अ-

तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ रहेका छन् ।

मनोनयन दर्तामा भट्टराईसँगै नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि उपस्थित छन् ।

१० वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

यसै क्षेत्रमा नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदैछन् ।