२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले बारा–२ मा उपेन्द्रलाई सघाउने अन्यमा अन्योल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले बारा–२ मा हुने  उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।

तर चितवन–२ र तनहुँ–१ मा भने माओवादीले आफ्नै उम्मेदवार उठाउने तयारी गरे पनि ठोस निर्णय गरेको छैन । आगामी वैशाख १० गते उल्लेखित तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

बारा–२ मा यसअघि जसपाका रामसहाय यादव निर्वाचित हुनुभएको थियो । उहाँ उपराष्ट्रपति बनेसँगै उक्त निर्वाचन क्षेत्र रिक्त रहेको थियो । उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनबाट जसपालाई नै सघाउने तयारी भएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले उक्त क्षेत्रमा जसपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका उपेन्द्र यादवलाई सघाउने निर्णय गरिसकेका छन् ।