काठमाडौं । नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासनको प्राथमिकतामा गरिब र निमुखा जनता हुनुपर्ने बताएका छन् ।
शुक्रबार गृह मन्त्रालयको कार्यभार सम्हाल्दै श्रेष्ठले पावर र पहुँच भएकाहरु सहजै प्रहरी हाकिम कहाँ पुग्ने, तर सार्वसधारणले आफ्ना कुरा राख्नै नसक्ने स्थिति अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘कुनै समस्या भए समाधान गरौंला, तर जनताको सेवा, गरिव र निमुखालाई प्राथमिकता होस् ।’
गृहमन्त्री श्रेष्ठले अपराध नियन्त्रणमा उदारता अपनाउने वा सम्झौता गर्ने छुट कसैलाई नभएको बताए । उनले कुनै पनि कोणबाट भ्रष्टाचार सहन नगरिने बताए ।
उनले पद जिम्मेवारी पालना गरी यसको दुरुपयोग नगर्न तथा समानता र मानवियताका आधारमा सम्बन्धहरु राख्न निर्देशन समेत दिए ।