५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको मधेस प्रदेशमा शुभारम्भ

युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको मधेस प्रदेशमा शुभारम्भ
अ+ अ-

जनकपुर । युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको मधेस प्रदेशमा शुरुभएको छ । कार्यक्रमको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव , नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र युएसएआईडी(नेपालकी प्रमुख सेपिडे केभान्शाडले संयुक्त रूपमा युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ गर्नुभएको छ ।
दुई करोड अमेरिकी डलर ९करिब २ अर्ब ६२ करोड रुपैयाँ० बजेटसहितको उक्त पाँच(वर्षे कार्यक्रमले नेपालका मधेस र लुम्बिनी प्रदेशहरूमा सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउनेछ ।

यस क्रियाकलापमार्फत युएसएआईडी र नेपाल सरकारले राष्‍ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापनसँग सम्बन्धित संस्था र प्रणालीहरूलाई सुदृढ र उन्नत बनाउन साझेदारी गर्नेछन् । उक्त कार्यक्रममा स्थानीय सरकारका मेयर र उपमेयरहरूसहित मधेस प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको उपस्थिति थियो ।

कार्यक्रममा अमेरिकी राजदूत डिन थम्पसनले भन्नुभयो, “लोकतन्त्र तब फस्टाउँछ जब नेताहरू नागरिकप्रति उत्तरदायी हुन्छन् र नागरिकले आफ्ना नेताहरूको ध्येय र सीमा बुझ्छन् । पारदर्शिता र समुदायको पैसाको सङ्कलन, लगानी र खर्च कसरी हुन्छ भन्ने बुझाइ लोकतान्त्रिक समाजको दुरुस्त सञ्चालनमा महत्त्वपूर्ण हुन्छ ।”

त्यसै गरी, युएसएआईडी(नेपालकी प्रमुख सेपिडे केभान्शाडले भन्नुभयो, “हामी पालिकाहरूले आफ्ना बजेटमा महिलाका आवश्यकताहरूलाई प्राथमिकतामा राखुन् भन्ने चाहन्छौँ । यसमा महिलाहरूको सीपमूलक तालिम, व्यवसायका अवसरहरू र किशोरी तथा आमाहरूका निम्ति शिक्षा र स्वास्थ्य कार्यक्रमहरू पर्दछन् ।” उहाँले मधेस प्रदेशका अधिकारीहरू र युएसएआईडीबिचको सहकार्य र साझेदारीमाथि प्रकाश पार्नुका साथै उपर्युक्त क्रियाकलापको सह(निर्माणमा मुख्यमन्त्री, प्रमुख सचिव र अर्थ सचिवको सहयोग र प्रतिबद्धताप्रति सम्मान पनि व्यक्त गर्नुभयो ।

युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापले प्रदेश सरकारका प्राथमिकताहरू पहिल्याउन प्रान्तीय सरोकारवालाहरूसँग गरिएका परामर्शको शृङ्खलाको समापनको इङ्गित गर्दछ । तीनै तहका सरकारका सम्बन्धित सरोकारवालाहरूले उक्त क्रियाकलापअन्तर्गत पहिलो वर्ष चालिने कदमहरूबारे छलफल गरेका थिए, जसले बजेटमा लैङ्गिक उत्तरदायित्वलाई समाहित गर्नेछन् र अझ बढी समावेशी र समतामूलक समाजमा योगदान पुर्‍याउनेछन् ।

अमेरिका र नेपालका सरकारहरूबिचको यो संयुक्त क्रियाकलाप हाम्रा दुई देशबिचको ७५ वर्षभन्दा बढीको मित्रतामा आधारित छ । यसले महिला र अन्य सीमान्तकृत समुदायहरूको समावेशीकरणमा केन्द्रित हुँदै वित्तीय सङ्घीयतालाई जनताको पक्षमा काम गर्ने बनाउन नेपाललाई सहयोग पुर्‍याउनेछ ।

नेपालमा यो क्रियाकलापको कार्यान्वयन निजी क्षेत्रका कम्पनीहरू डेलोइट र डब्लुएसपी ले जर्जिया स्टेट युनिभर्सिटी र नीति फाउन्डेसनसँग मिलेर गर्नेछन् ।